2026-09-06 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर

बेलायती प्रधानमन्त्री किर स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली राजनीतिकर्मीको बैठक अघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति कायम गर्न बेवास्ता गरेकोमा मुल्य चुकाउनु पर्ने बताउनुभएको छ ।

शान्ति प्रक्रियामा पुटिनको हिचकिचाउने र ढिलाइ गर्ने रणनीतिले युक्रेनमा भइरहेको हत्या र रक्तपात असहनीय अवस्थामा पुगेको बताउदै स्टार्मरले शिखर सम्मेलन अघि विज्ञप्ति जारी गर्दै टर्र्कीएमा युक्रेन र रूसबिच वार्ता हुने अपेक्षा गरिएको बताउनुभएको छ ।

युरोपेली राजनीतिक समुदाय (इपिसी) ले युरोपेली सङ्घका सदस्य र अन्य देशका प्रतिनिधिबीच शुक्रबार अल्बानियाको राजधानी तिरानामा भेटवार्ता गर्दै छन् ।

युक्रेनमा द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू पनि इस्तानबुलमा भेट्दै छन् ।

यद्यपि पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्तामा भाग लिने स्पष्ट नभएकाले अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनीहरूले शान्ति चाहेकोमा शङ्का व्यक्त गर्नु भएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको पहलमा इपिसीको स्थापना भएको थियो ।

पुटिनले बिहिबार इस्तानबुलमा अमेरिकाले आयोजना गरेको शान्ति वार्तामा भाग नलिए पछि आयोजित बैठकका सहभागीहरूले क्रेमलिनमाथि दबाब बढाउने छन् ।

बिना शर्त पूर्ण युद्धविराममा सहमति हुनु पर्ने बताउँदै स्टार्मरले अन्यथा पुटिनले गम्भिर मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

रूसले युद्धविराम स्वीकार नगरे आगामी हप्तामा प्रतिबन्धको कारबाहीमा रूसी ऊर्जा केन्द्रीत लक्ष्य हुने लन्डनले जनाएको छ ।

यसैबीच, युरोपेली सङ्घ र बेलायतले विगत केही दिनमा रूसी तेल विरुद्ध नयाँ प्रतिबन्ध बुधबार अनुमोदन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ