१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पोर्चुगलमा आइतबार मध्यावधि निर्वाचन, मध्य–दक्षिणपन्थीको अग्रता

५ जेष्ठ २०८२, आईतवार १६:४३

पोर्चुगलमा तीन वर्षयता तेस्रो पटक हुन लागेको आमनिर्वाचनका लागि आइतबार मतदाताले आफ्नो मन परेको पार्टीलाई सरकारको नेतृत्वका लागि मतदान गर्नेछन् भने निर्बाचनमा प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पर्याप्त बहुमत प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।

अन्तिम जनमत सर्वेक्षणले उहाँको मध्य दक्षिणपन्थी डेमोक्रेटिक एलायन्स (एडी) सोसलिस्ट पार्टी (पीएस) भन्दा अगाडि रहेको देखाएको छ र उहाँले सन् २०२४ को चुनावमा भन्दा बढी मत प्राप्त गर्ने सम्भावना छ ।

पोर्चुगलको २३० सदस्यीय संसद्मा बहुमत प्राप्त गर्न आवश्यक पर्ने ११६ सिट भने कुनै पनि पार्टीलाई प्राप्त नहुने अनुमान गरिएको छ ।

अति दक्षिणपन्थी चेगा पार्टी फेरि एक पटक तेस्रो स्थान हासिल गर्ने बाटोमा छ । यो स्थानले उसलाई सरकार गठनका लागि सम्भावित किङमेकर बनाउँने आँकलन गरिएको छ यद्यपि, मोन्टेनेग्रोले पपुलिस्ट आन्दोलनसँग शासन गर्न इन्कार गर्नुभएको छ । ्

करिब एक करोड जनसङ्ख्या रहेको युरोपेली सङ्घ (इयू) सदस्य राष्ट्रमा निर्वाचन हुन लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नेटो सहयोगीहरूको सुरक्षा नगर्न सक्ने चेतावनी दिएपछि इयू राष्ट्रहरूले आफ्नो प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेका छन् ।

शुक्रबार लिस्बनमा आयोजित अन्तिम ¥यालीमा मोन्टेनेग्रोले पोर्चुगलले यो ’भूराजनीतिक उथलपुथल’को सामना गर्न सक्षम बनाउनका लागि मतदातालाई आफूलाई बलियो जनादेश दिन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले आफ्नो भूमिका स्वदेशमा गर्नुपर्छ र हामीले विदेशमा, युरोप र विश्वमा समाधानको हिस्सा बन्नुपर्छ। त्यसका लागि हामीलाई बलियो सरकार चाहिएको छ।”

उत्तरी शहर एस्पिन्होमा मतदान गरेपछि मोन्टेनेग्रोले चुनावले अझ बढी स्थिरता ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

स्थानीय परिषद्मा कार्यरत ६३ वर्षीया मारिया लोपेजले यो मतदानले अर्कै परिणाम ल्याउँछ भन्नेमा आफू आशावादी नभएको बताउनुभयो ।

“यो कठिन हुनेछ। दुर्भाग्यको कुरा मतदानले सरकारको संरचना परिवर्तन गर्नेछ भन्ने मलाई लाग्दैन,” लिस्बनको दक्षिणमा रहेको अल्माडा शहरमा मतदान गर्दै उहाँले भन्नुभयो ।

– कठोर आप्रवासन नियम–

गत मार्चमा, ५२ वर्षीय वकिल मोन्टेनेग्रोले संसदीय विश्वासको मत गुमाएपछि आइतबारको निर्वाचनको घोषणा गरिएको थियो ।

कन्सल्टेन्सी व्यवसायबाट उत्पन्न स्वार्थको द्वन्द्वको आरोप लागेपछि उहाँले आफैंले विश्वासको मतको प्रस्ताव गर्नुभएको थियो ।

मोन्टेनेग्रोले कन्सल्टेन्सी संचालनमा आफू संलग्न नभएको भन्दै गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । उहाँले भन्नुभयो, “कम्पनीसँग धेरै ग्राहकहरू थिए जसले सरकारी सम्झौताहरू गर्छन् ।”

अर्थशास्त्री तथा समाजवादी नेता ४८ वर्षीय पेड्रो नुनो सान्तोसले मोन्टेनेग्रोले संसदीय जाँचमा आफ्नो फर्मको बारेमा ‘आफूलाई व्याख्या गर्नबाट बच्न’ चुनाव गराएको आरोप लगाउनुभएको छ ।

तर लिस्बनको क्याथोलिक युनिभर्सिटीले गरेको चुनावपूर्वको अन्तिम जनमत सर्वेक्षणअनुसार पाँचमध्ये एक जना मतदाताले मात्र यो मुद्दालाई ‘अति महत्वपूर्ण’ ठान्छन् भने २९ प्रतिशत मतदाताले यसको कुनै महत्व नरहेको बताएका छन् ।

युनिभर्सिटी अफ लिस्बनका राजनीतिशास्त्री फेलिपा राइमुन्डोका अनुसार पोर्चुगाली मतदातामा स्वार्थको टकरावका घटनामा ‘निश्चित सहनशीलता’ छ ।

उहाँले भन्नुभयो, “यो अभियानमा प्रतिपक्षले अपेक्षा गरेको जस्तो आयाम अहिलेसम्म देखिएको छैन ।”

मोन्टेनेग्रोले युवाहरूका लागि आय कर कटौती गरेको छ, पेन्सन बढाएको छ र आप्रवासन नीतिलाई कडा बनाएको छ । यसलाई उहाँले ‘फराकिलो–खुला ढोका’ को नीतिको रूपमा व्याख्या गर्नुभएको छ ।

अघिल्लो समाजवादी सरकारको शासनकालमा पोर्चुगल आप्रवासीहरूका लागि युरोपको सबैभन्दा खुला देशमध्ये एक बनेको थियो।

सन् २०१७ देखि २०२४ को बीचमा पोर्चुगलमा बसोबास गर्ने विदेशीको सङ्ख्या चार गुणाले बढेर कुल जनसङ्ख्याको करिब १५ प्रतिशत पुगेको छ ।

मोन्टेनेग्रोको सरकारले अभियानको क्रममा लगभग १८ हजार अनियमित आप्रवासीहरूलाई निष्कासन गर्ने घोषणा गरेको थियो, जसले गर्दा यसले अति दक्षिणपन्थी मतदाताहरूलाई उक्साएको आरोप लागेको थियो ।

युरोपभरि नै आफ्नो पकड जमाएका अन्य अति दक्षिणपन्थी पार्टीहरूजस्तै चेगाले पनि आप्रवासनप्रतिको शत्रुता र अपराधप्रतिको चिन्तालाई बढावा दिनुभएको छ । चेगाले आफ्ना एक सांसदले विमानस्थलको क्यारोसेलबाट सामान पटक–पटक चोरेको आरोपसहित लज्जाको सामना गर्नुपरेको छ ।

यसका नेता, ४२ वर्षीय पूर्व फुटबल कमेन्टेटर आन्द्रे भेन्टुराले अभियानको अन्तिम हप्तामा अचानक विरामी भएका कारण दुई ¥यालीहरूमा सहभागिता हुन सक्नुभएको थिएन । उहाँको दललाई उहाँको सहभागिता महत्वपूर्ण मानिएको छ ।

उनलाई दुवै दिन अस्पताल लगिएको थियो तर शुक्रबार पार्टीको अन्तिम कार्यक्रममा भने उहाँ आश्चर्यजनक रूपमा उपस्थित हुनुभएको थियो ।

अर्का ६६ वर्षीया वकिल ग्रासिन्डा ब्यारेरोसले आइतबारको मतदानले ‘निष्क्रियताको अवधि’ अन्त्य गर्न र जीवनस्तर उकास्न कदम चाल्न सक्षम बहुमतको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

लिस्बनको एक विद्यालयमा मतदान गरेपछि उहाँले भन्नुभयो, “पोर्चुगाली जनता वास्तवमै यसको हकदार छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले,कांग्रेस र माओवादी बाट २० फिट पर नै बस्नु भन्ने खालको जनताबाट सन्देश छ : रास्वपा उपसभापति वाग्ले इजरायल र इरानद्वारा युद्धविराम स्वीकार ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले घरेलुु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँः अधयक्ष दाहाल एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम एमाले सचिवालय बैठक बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध ९ वटा कार्यादेशसहित भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या