2026-09-06 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनसहित प्रमुख भन्सार शुल्कसम्बन्धी चिन्ताका साथ जी–७ वित्त नेताहरूको भेला

जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा उन्नत अर्थतन्त्रहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्कको परिणामसँग जुझिरहेका बेला युक्रेनमा युद्धसहित चिन्ताहरू अग्रभागमा छन् ।

बिहीबारसम्म चल्ने वार्तामा नेताहरूले विश्व आर्थिक स्थितिबारे छलफल गर्ने तयारी गरेका छन् । सहभागीहरूले युक्रेनमा साझा स्थिति खोज्दैछन् भने बजार–विरोधी अभ्यासहरू जस्ता विषयहरू पनि कार्यसूचीमा छन् ।

युक्रेनी वित्तमन्त्री सर्गी मार्चेन्को पनि क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा समूह सातका वित्तमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको बैठकमा उपस्थित हुनुहुनेछ ।

सन् २०२२ मा रुसले आक्रमण गरेपछि ट्रम्प यस वर्ष राष्ट्रपतिमा फर्केपछि युक्रेनमा युद्धतर्फ जी–७ प्रजातन्त्रहरू बीचको अनिश्चित दृष्टिकोणका बीचमा यो वार्ता आएको हो ।

एक पटक व्यापक रूपमा एकीकृत जी–७– बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका–ट्रम्पद्वारा तरङ्गित भएको छ । ट्रम्पले रुससँग हात बढाउनुभएको छ भने सहयोगी र प्रतिस्पर्धी दुवैलाई भन्सार शुल्क लगाउनुभएको छ ।

ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ ।

अल्बर्टाको बान्फमा भएको जी–७ बैठकमा अमेरिकी सहभागिताका बारेमा जानकारी दिइएका एक स्रोतले वासिङ्टन ‘केवल विज्ञप्ति जारी गर्नका लागि विज्ञप्ति गर्न इच्छुक छैन’ भनेका छन् । स्रोतका अनुसार सर्वसम्मति ट्रम्प प्रशासनका प्राथमिकताहरूसँग मेल खानुपर्नेछ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पहिले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रण गर्नुभएको थियो र युक्रेनका मार्चेन्कोले मङ्गलबार मिडियाका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ ।

अमेरिकी वित्त मन्त्रालयलका प्रवक्ताले वित्तमन्त्री स्कट बेसेन्टले समूहलाई ‘मूल कुरामा फर्काउन र जी–७ र गैर जी–७ देशहरू दुवैमा असन्तुलन र बजार–विरोधी अभ्यासहरू सम्बोधन गर्नमा केन्द्रित’ गर्न खोज्ने बताउनुभएको छ ।

अमेरिकी सहभागिताबारे जानकारी दिइएको स्रोतले भनेको छ, ‘जी–७ को दृष्टिकोणबाट यो अस्वीकार्य थियो कि देशहरूले चीनको अतिरिक्त औद्योगिक क्षमतालाई उनीहरूको घरेलु क्षेत्रहरूमा भित्रिन दिनेछन्, यो पनि कार्यसूचीमा हुनेछ’ ।

समूहले व्यापार, सुरक्षा र जलवायु परिवर्तन जस्ता मुद्दाहरूको नीति र समाधानहरू छलफल गर्दा विश्लेषकहरूले नेताहरूले आन्तरिक तनावको सामना गर्दा अनिश्चितताको चेतावनी दिन्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ