2026-10-23 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु

श्रीलङ्काको एक्सप्रेस ट्रेनमा ठोक्किएर मङ्गलबार एउटा हात्ती मरेको छ र रेल लिकबाट बाहिर गएको छ ।

यही मार्गमा तीन महिनाअघि देशको सबैभन्दा खराब वन्यजन्तु रेल दुर्घटनापछि लागू गरिएका सुरक्षा उपायहरूका बावजुद यस्तो दुर्घटना भएको हो ।

हबारना नजिकै रेलको लिक पार गर्दै गरेको एक जवान जङ्गली हात्तीलाई फेब्रुअरी २० को दुर्घटनामा संलग्न उही रेलले ठक्कर दिएको स्थानीय अधिकारीहरूले बताए । फेब्रुअरी २० को दुर्घटनामा सात हात्ती मारिएका थिए ।

त्यो दुर्घटनापछि अधिकारीहरूले हात्तीको बासस्थान भएर जाने रेलहरूमा गति सीमा लागू गरेका थिए ।

राजधानी कोलम्बोबाट सडकमार्फत् लगभग एक सय ८० किलोमिटर पूर्वमा भएको दुर्घटनामा कुनै पनि यात्रु घाइते भएनन् ।

रेलवे अधिकारीहरूले अनुसन्धान भइरहेको र इन्जिनियरहरूले बिहानको दुर्घटनापछि कोलम्बो–बाट्टिकालोआ रेललाई लिकमा फर्काउने प्रयास गरिरहेको बताएका छन् ।

अधिकारीहरूले यसअघि उनीहरूलाई हात्तीलाई हिर्काउनबाट बच्न थप समय दिन रेलको समयतालिकामा परिवर्तन र चालकहरूको दृश्यता सुधार गर्न लिकको दुवै छेउबाट झाडीहरू सफा गर्ने प्रयासको घोषणा गरेका थिए ।

अधिकारीहरूले यस्तो तथ्याङ्क सङ्कलन गर्न थालेपछि पछिल्लो १७ वर्षमा रेलबाट एक सय ३९ वटा हात्ती मारिएको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।

टापुमा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण विगत एक दशकमा एक हजार एक सय ९५ मानिस र तीन हजार चार सय ८४ हात्ती मारिएको पनि सरकारले घोषणा गरेको छ ।

अनुमानित सात हजार जङ्गली हात्ती रहेको श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पुर्‍याउनु अपराध हो । आंशिक रूपमा बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वका कारण हात्तीलाई राष्ट्रिय सम्पत्ति मानिन्छ ।

तथापि निराश किसानहरूले हात्तीहरूले उनीहरूको बालीमा आक्रमण गरेर जीविकोपार्जन नष्ट गर्दै सङ्घर्ष गर्दा हत्या जारी छ ।

धेरै हात्ती विद्युतीय झट्काबाट, गोली लागेर वा विष दिएर मारिएका छन् । कहिलेकाहीँ विस्फोटक भरिएका फलहरूको प्रयोग जनावरहरूलाई अपाङ्ग बनाउन गरिन्छ, जसले प्रायः प्रायः पीडादायी मृत्यु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ