2026-10-23 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या

बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर मारेका छन् । त्यहाँ लागुपदार्थ कार्टेलहरूबीचको हिंसाले क्याथोलिक चर्चको निन्दा निम्त्याएको छ ।

मध्य राज्य गुआनाजुआटोमा भएको यो आक्रमण स्थानीय समयानुसार सोमबार बिहान २ः०० बजे सान फेलिप सहरको एक प्लाजामा भएको थियो । त्यहाँ स्थानीय प्रहरीले गोली हानाहानको रिपोर्टपछि सबै पुरुषसहित सात शव र क्षतिग्रस्त भ्यान फेला पारेको स्थानीय सरकारले एक विज्ञप्तिमा बताएको छ ।

अधिकारीहरूले त्यस क्षेत्रमा सक्रिय सान्ता रोसा डी लिमा गिरोहसँग सम्बन्धित सन्देशहरू भएका दुई ब्यानर पनि फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

गुआनाजुआटो एक फस्टाउँदो औद्योगिक केन्द्र र धेरै लोकप्रिय पर्यटन गन्तव्यहरूको घर हो, तर आधिकारिक हत्या तथ्याङ्कअनुसार यो मेक्सिकोको सबैभन्दा घातक राज्य पनि हो ।

हिंसात्मक अपराध सान्ता रोसा डी लिमा गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्ये एक जलिस्को न्यु जेनेरेसन कार्टेल बीचको द्वन्द्वसँग जोडिएको छ ।

क्याथोलिक चर्चका मेक्सिकाली नेताहरूले सोमबार गोली हानाहानको निन्दा गर्दै यसलाई बहुसङ्ख्यक क्याथोलिक रहेको देशको ‘सामाजिक संरचना कमजोर हुने, दण्डहीनता र विशाल क्षेत्रहरूमा शान्तिको अभावको चिन्ताजनक सङ्केत’ भनेका छन् ।

“यति धेरै समुदायलाई घाइते बनाइरहेको हिंसाको लहरमा हामी उदासीन रहन सक्दैनौँ”, मेक्सिकोका बिशपहरूको सङ्गठन मेक्सिकोको एपिस्कोपल कन्फरेन्सले एक विज्ञप्तिमा भन्यो, “गोली प्रहार पीडादायी आवृत्तिका साथ दोहोरिरहेका धेरैमध्ये एक थियो ।”

डिसेम्बरमा मेक्सिकोको चर्चले युद्धरत कार्टेलहरूलाई युद्धविराम घोषणा गर्न आह्वान गरेको थियो ।

आधिकारिक आँकडा अनुसार गुआनाजुआटोले गत वर्ष मेक्सिकोको कुनै पनि राज्यमा सबैभन्दा धेरै तीन हजार एक सय ५१ हत्या रेकर्ड गरेको थियो । जुन राष्ट्रिय स्तरमा हत्याको १० दशमलव पाँच प्रतिशत हो ।

सन् २००६ मा सेनाले लागुपदार्थ विरुद्ध अभियान सुरु गरेयता मेक्सिकोमा करिब चार लाख ८० हजार हिंसात्मक मृत्युको सङ्ख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ