६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विशाल कार्यः पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि

८ जेष्ठ २०८२, बुधबार १३:०५

पाकिस्तानमा चिकित्सक र पशु चिकित्सकहरूको एक टोलीले क्षयरोग (टिबी) बाट ग्रसित दुई हात्तीका लागि एक नवीन उपचार विकास गरेको छ, जसमा ती हात्तीलाई दैनिक कम्तीमा चार सय चक्की औषधि खुवाइन्छ ।

कराची सफारी पार्कका कर्मचारीहरूद्वारा गरिएको यो विशाल प्रयासमा मानव क्षयरोग उपचारमा प्रयोग हुने समान यी चक्की औषधि स्याउ र केरादेखि पाकिस्तानी मिठाईहरूसम्म विभिन्न खानामा लुकाएर खुवाइन्छ ।

औषधिको मात्रा चार हजार किलोग्राम (आठ हजार आठ सय पाउन्ड) तौल भएका हात्तीहरूको वजनअनुसार समायोजन गरिएको छ ।

तर मधुबाला र मलिकालाई उपचारमा बस्न केही हप्ता लागेको छ, किनकि उनीहरूले पहिले चाखेका तीतो औषधिका केही मात्रा थुकिदिए र रिसाएर आफ्ना हेरचाहकर्ताहरूमाथि आक्रमण गरे ।

“हात्तीलाई क्षयरोगको उपचार गर्नु सधैँ चुनौतीपूर्ण हुन्छ । प्रत्येक दिन हामी विभिन्न विधिहरू प्रयोग गर्दछौँ”, उपचारका लागि श्रीलङ्काका पशु चिकित्सक बुद्धिका बन्दाराले भन्नुभयो ।

“जनावरहरूले सुरुमा केही तनाव देखाए, तर विस्तारै तिनीहरू प्रक्रियामा अनुकूल भए”, श्रीलङ्कामा एक दर्जनभन्दा बढी हात्तीलाई रोगबाट निको हुन मद्दत गर्नुभएका बन्दाराले भन्नुभयो ।

माहुते अली बलोच चामल र दाल पकाउनका लागि दैनिक बिहान उठ्नुहुन्छ, धेरै उखु मोलासिस मिसाएर र औषधिको चक्कीले छोपिएका दर्जनौँ बलमा मिश्रण गर्नुहुन्छ ।

“मलाई थाहा छ चक्कीहरू तीतो छन्”, हात्तीहरू शीतल रहनका लागि पाइपबाट पानी खेल्दै गरेको हेर्दै २२ वर्षीय माहुतेले भन्नुभयो ।

– मानवबाट हात्तीमा –

तान्जानियाको जङ्गलमा निकै सानो उमेरमा समातिएका चार अफ्रिकी हात्ती सन् २००९ मा कराची आइपुगेका थिए ।

नूर जहाँको सन् २०२३ मा १७ वर्षको उमेरमा र अर्को सोनियाको सन् २०२४ को अन्त्यमा मृत्यु भयो । एउटा शवपरीक्षणले उनलाई क्षयरोग भएको देखाएको थियो । यो पाकिस्तानमा स्थानीय रोग हो ।

मधुबाला र मलिकामा गरिएको परीक्षण पनि सकारात्मक आयो र सफारी पार्कको स्वामित्व राख्ने नगर परिषद्ले हात्तीहरूको हेरचाह गर्न टोली गठन गर्‍यो ।

बन्दाराका अनुसार हात्तीलाई मानिसबाट सङ्क्रामक रोग लाग्नु असामान्य कुरा होइन, तर सोनियामा–र अहिले मधुबाला र मलिकामा–कुनै लक्षण देखिएको थिएन ।

“हात्तीलाई क्षयरोग भएको कुरा मेरा लागि अचम्मको कुरा थियो”, कर्मचारीहरूको निगरानी गर्न भर्ना भएका इन्डस अस्पताल र हेल्थ नेटवर्कको सङ्क्रामक रोग विभागका प्रमुख नसीम सलाहुद्दीनले भन्नुभयो, “यो मेरो र मेरा विद्यार्थीहरूका लागि एउटा रोचक केस हो–सबैजना प्रक्रिया र यसको प्रगतिका बारेमा जान्न चाहन्छन् ।”

वार्षिक पाँच लाखभन्दा बढी मानिसलाई सङ्क्रमित गर्ने क्षयरोगबाट बच्नका लागि हात्तीहरूलाई खाना खुवाइरहेका चार माहुतेको टोलीले अनुहारमा मास्क र स्क्रब लगाउँछन् ।

कराची सफारी पार्कलाई लामो समयदेखि बन्दी जनावरहरूको दुर्व्यवहारका लागि आलोचना गरिँदै आएको छ । यसमा अमेरिकी गायक चेरको अभियानपछि निकालिएको हात्ती पनि सामेल छ तर यसका अन्तिम दुई हात्तीले एक वर्ष लामो उपचार योजनाका साथ रोगलाई पार लगाउनेछन् भन्ने आशा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक