2026-09-06 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भन्नुभयो, “एपीएस (आर्मी पब्लिक स्कूल) का बालबालिकालाई लक्षित गरी बसमा आक्रमण गरिएको छ ।”

उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानले यो आत्मघाती बम विस्फोट भएको ठहर गरेको छ ।”

एक वरिष्ठ प्रहरी अधिकारीले मिडियासँग कुरा गर्ने अधिकार नभएको बताउँदै नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भन्नुभयो, “आक्रमणबाट पाँच बालबालिकाको मृत्यु भएको र थप केही व्यक्ति गम्भीर घाइते अवस्थामा रहेकाले यो सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।”

यसैबीच सेनाले एक विज्ञप्ति जारी गर्दै तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।

यस विद्यालयले त्यस क्षेत्रमा बसोबास गर्ने सैनिक र सर्वसाधारणका छोराछोरीलाई सेवा प्रदान गर्दछ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरमा एउटा झ्याल फुटेको स्कूल बसको भग्नावशेष, र घटनास्थल नजिकै राखिएको स्कुल ब्यागको थुप्रो देखिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले एक वक्तव्य जारी गर्दै ‘क्रूरता’को सिकार भएका बालबालिकाका परिवारप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

शरिफले लडाकूहरूलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारतले समर्थन गरेको आरोप पनि लगाउनुभयो । इस्लामाबादले भारतमाथि नियमित रूपमा बलोच पृथकतावादीसहित भूमिगत सङ्गठनहरूलाई समर्थन गरेर पाकिस्तानमा उग्रवादलाई बढावा दिएको आरोप लगाउने गरेको छ । हालैका वर्षहरूमा पाकिस्तानमा भूमिगत गिरोहहरूले आक्रमणहरूलाई तीव्र पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ुभारतीय संरक्षणमा सक्रिय आतङ्ककारीहरूले स्कूल बसमा निर्दाेष बालबालिकामाथि आक्रमण गर्नु उनीहरूको शत्रुताको स्पष्ट प्रमाण हो।

आणविक शक्ति सम्पन्न छिमेकीहरूले दशकौँपछिको सबैभन्दा गम्भीर द्वन्द्व अन्त्यका लागि युद्धविराम गरेको केही हप्तापछि भएको यस बम आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।

बलोच लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र यसले प्रायः सुरक्षा बलहरू विरुद्ध घातक आक्रमणहरू गर्दछ । इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरका साथै पाकिस्तानी तालिबानले पनि यस क्षेत्रमा भएका केही पछिल्ला आक्रमणहरूको जिम्मेवारी लिएको छ।

गत मार्चमा बीएलएले सयौँ यात्रु बोकेको रेल नियन्त्रणमा लिएपछि भएको झडपमा दर्जनौं लडाकू र सुरक्षा बलका सदस्यको मृत्यु भएको थियो ।

सन् २०१४ मा उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको सैनिक विद्यालयमा बन्दुकधारीले आक्रमण गरी १५० भन्दा बढी व्यक्तिको ज्यान लिएका थिए ।

यस भयानक आक्रमणपछि पाकिस्तानले सीमावर्ती क्षेत्रमा वर्षौदेखि फस्टाउँदै आएको उग्रवादविरुद्ध व्यापक कारबाही सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ