2026-11-12 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा सहायता वितरणका लागि युएई र इजरायलबीच सम्झौता

संयुक्त अरब इमिरेट्स (युएई) ले घेराबन्दी गरिएको गाजा पट्टीमा ‘आवश्यक मानवीय सहायता’ पुर्‍याउन अनुमति दिन इजरायलसँग सम्झौता गरेको इमिराती राज्य सञ्चार माध्यममा बुधबार जारी गरिएको एक विज्ञप्तिमा बताइएको छ ।

इजरायलमाथि गाजामा तीव्र सैन्य अभियान परित्याग गर्न र यस क्षेत्रमा सहायता पुर्‍याउन ठूलो अन्तर्राष्ट्रिय दबाब परेको छ । मानवीय संस्थाहरूका अनुसार गाजा पट्टीमा पूर्ण नाकाबन्दीले खाद्यान्न र औषधिको गम्भीर अभाव निम्त्याएको छ ।

इजरायलले मङ्गलबार इजरायलबाट ९३ वटा सहायता ट्रकहरू गाजामा प्रवेश गरेको तर संयुक्त राष्ट्रसङ्घले सहायता रोकिएको बताएको थियो ।

“युएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायदले इजरायलका विदेश मामिलामन्त्री गिडियन सारसँग फोनमा कुराकानी गर्नुभयो, जसले संयुक्त अरब इमिरेट्सबाट तत्काल मानवीय सहायता वितरण गर्न अनुमति दिने सम्झौता भयो”, आधिकारिक समाचार एजेन्सी डब्लुएएमको विज्ञप्तिमा भनिएको छ, “यस सहायताले प्रारम्भिक चरणमा गाजा पट्टीका लगभग १५ हजार सर्वसाधारणको खाद्यान्नको आवश्यकता पूरा गर्नेछ ।”

“यस पहलले पट्टीमा बेकरीहरूको सञ्चालनलाई सहयोग गर्न आवश्यक आपूर्तिहरू, साथै शिशु हेरचाहका लागि महत्त्वपूर्ण वस्तुहरू प्रदान गर्नेछ भने नागरिकहरूको निरन्तर आवश्यकताहरू पूरा गर्न निरन्तर आपूर्ति सुनिश्चित गर्नेछ”, विज्ञप्तिमा थप भनिएको छ ।

एएफपीले टिप्पणीका लागि इजरायली अधिकारीहरूलाई सम्पर्क गरेको छ ।

युएईको सहायता कहिले गाजामा पठाइनेछ वा कहिले वितरण गरिनेछ भन्ने कुरा तत्काल स्पष्ट भएको छैन ।

“यसबाहेक दुवै पक्षले मानवीय युद्धविराम पुनः सुरु गर्न, युद्धविराम हासिल गर्न र बन्धकहरूको रिहाइका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गरेका छन्”, डब्लुएएमले भन्यो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उहाँको सरकारले सीमित सहयोगलाई अनुमति दिने घोषणा गरेपछि यस हप्ता इजरायलले गाजामा ‘व्यावहारिक र कूटनीतिक कारणहरू’ का लागि अनिकाल रोक्न आवश्यक भएको बताउनुभयो ।

सन् २०२० मा युएईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो प्रशासनअन्तर्गत अमेरिकी मध्यस्थतामा गरिएको अब्राहम सम्झौताको हिस्साका रूपमा इजरायलसँगको सम्बन्धलाई सामान्य बनाएको थियो । यसबाट इजरायलको बहराइन र मोरक्कोसँग कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

अबु धाबीको इजरायलको शीर्ष सहयोगी अमेरिकासँग पनि घनिष्ठ सम्बन्ध छ । ट्रम्पले गत हप्ता आफ्नो खाडी भ्रमणको हिस्साका रूपमा इमिराती राजधानीको भ्रमण गर्नुभएको थियो ।

युएईले युद्धको पहिलो चरणमा गाजामा सहायता पठाएको थियो र यस क्षेत्रका बिरामीहरूलाई इमिरेट्समा उपचार पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने