2026-09-06 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ

गाजामा सहायताका लागि बुधबार करिब ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

मार्चको सुरुदेखि गाजामा सहायता वितरण भएको थियो भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्थायी युद्धविरामका लागि खुला रहेको बताउनुभए पनि सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने कुरा दोहो¥याउनु भएको थियो ।

इजरायलले सीमित सहायताको प्रवेश अनुमति दिने घोषणा गरेको तीन दिनपछि संयुक्त राष्ट्रसङ्घले करिब ९० ट्रक सामान गाजा पठाएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले बताउनुभएको छ ।

इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनार भ्रमण गर्ने विदेशी कूटनीतिज्ञहरूको प्रतिनिधिमण्डल नजिकै सेनाले गोली चलाएको केही समयपछि भएको घटनाले विश्वव्यापी निन्दा खेपिरहेको छ ।

गाजाको मिडियाले ८७ वटा सहायता ट्रकको आगमन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय र स्थानीय संस्थाहरूलाई ‘तत्काल मानवीय आवश्यकताहरू’ पूरा गर्नका लागि निर्धारित गरिएको उल्लेख गरेको छ ।

नेतान्याहुले गाजामा ‘हाम्रो कार्यको स्वतन्त्रताको संरक्षण गर्न मानवीय सङ्कटबाट बच्न’ आवश्यक रहेको बताउनुभएको छ ।

इजरायली नाकाबन्दीले खाद्यान्न र औषधिको गम्भीर अभाव निम्त्याएका कारण प्यालेस्टिनीहरू आधारभूत आवाश्यकता परिपूर्तिका लागि सङ्घर्ष गरिरहेका छन् ।

यसैबीच इजरायलले आक्रमण जारी राख्दा गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८२ जनाको शव अस्पतालमा लगिएको जनाएको छ ।मानवीय सहायता समूहले गाजामा प्रवेश गर्ने सहायताको मात्रा सङ्कट कम गर्न आवश्यकभन्दा धेरै कम रहेको जनाएको छ ।

संयुक्त राज्य अमेरिका समर्थित गाजाको मानवतावादी फाउन्डेसनले आगामी केही दिनमा यस क्षेत्रतर्फ सहायता पठाउने बताएको छ । यसै गरी संयुक्त राष्ट्रसङ्घ र यसका एजन्सीहरूले सहयोग गर्ने बताएका छन् ।

इजरायलले आक्रमण रोक्न र गाजामा सहायताको प्रवेशलाई अनुमति दिन सहयोगीहरूबाट बढ्दो दबाबको सामना गरेको छ ।युरोपेली सङ्घ (इयु) विदेशमन्त्रीहरू मङ्गलबार इजरायलसँग व्यापार समावेश भएको सहयोग सम्झौता संशोधन गर्न सहमत भएका छन् ।

इजरायलको विदेश मन्त्रालयले इयुले इजरायलले सामना गरिरहेको जटिल वास्तविकताको बुझाइको पूर्ण अभावलाई प्रतिबिम्बित गरेको घोषणा गरेको छ ।

स्विडेनले इजरायलमाथि प्रतिबन्ध लगाउने दबाब दिने बताएको छ भने बेलायतले इजरायलसँग स्वतन्त्र व्यापारमा वार्ता स्थगित गरी इजरायली राजदूतलाई बोलाएको छ ।

पोप लियो चौधौँले गाजाको अवस्थालाई ‘पीडादायी’ भन्दै ‘पर्याप्त मानवीय सहायताको प्रवेश’ को आह्वान गर्नुभएको छ । जर्मनीले इयु र इजरायलबीचको प्रमुख सहयोग सम्झौताको रक्षा गर्दै गाजाको अवस्थाबारे छलफल गर्नुपर्ने बताएको छ ।

नेतान्याहुले हमास र यसका सहयोगीहरूले हिरासतमा लिएका कम्तीमा २० जना अझै जीवित रहेको विश्वास व्यक्त गर्दै बन्धकलाई मुक्त गर्न अस्थायी युद्धविरामको विकल्पमा इजरायल तयार हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ