2026-10-07 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नख्खु खोलाको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई गणतन्त्र दिवसका अवसरमा पुरस्कृत गरिने

काठमाडौँ । गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका-२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी बचाएका काभ्रेको तेमाल गाउँपालिका-९ का चणिकलाललाई प्रदेश सरकारले १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको हो। प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले चणिकलालाई गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते नगद पुरस्कारसहित सम्मान गरिने जानकारी दिए।

उनका अनुसार चणिकलाललाई सम्मान गर्ने निर्णय गत असोजमै भएको थियो। अहिले गणतन्त्र दिवसका अवसरमा त्यो कार्यान्वयन गर्न लागिएको हो।

गत असोज १२ गते नख्खु खोलाको बाढीले राजु र उनकी छोरी मेघनालाई बगाएर करिब ३ सय मिटर तल पुर्‍याइसकेको थियो। त्यस क्रममा बाढीमै हेलिएर चणिकलाले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

विपद्का बेला मानवीय सहयोग गरेकाले उनलाई नगदसहित सम्मान गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले बताए।

यसैबीच गणतन्त्र दिवस २०८२ मनाउन प्रदेश सरकारले प्रदेशस्तरीय मूल समारोह समिति गठन गरेको छ। मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा बनेको समितिले जेठ १३ देखि १५ गतेसम्म विविध कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।समितिमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय प्रमुख, हेटौँडा उपमहानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल