2026-09-26 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण भारतमा कार्गाेजहाज डुब्यो, चालक दलका सबै सदस्यको सकुशल उद्धार

भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा एउटा कन्टेनर जहाज डुबेको भारतीय नौसेनाले आइतबार जनाएको छ ।

केही जोखिमजन्य सामान रहेको दुर्घटनाग्रस्त जहाज लाइबेरियाली झण्डाबाहक जहाज हो ।

भारतीय नौसेनाका अनुसार १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी इएलएसए ३) भारतीय बन्दरगाह भिझिन्जमबाट शनिबार कोच्चितर्फ जाँदै गरेको थियो ।
कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा कन्टेनर जहाज खतरनाक अवस्थामा देखिएको भारतीय नौसेनाले जनाएको छ ।

भारतीय तटरक्षक बल (आईसीजी) र नौसेनाको गस्ती डुङ्गाले जहाजमा रहेका जर्जिया, रुस, युक्रेन र फिलिपिन्सबाट आएका चालक दलका सबै २४ सदस्यलाई उद्धार गरेको छ ।

“जहाजमा ६४० वटा कन्टेनर रहेका र तीमध्ये १३ वटामा हानिकारक कार्गो थियो भने १२ वटामा क्याल्सियम कार्बाइड थियो,” विज्ञप्तिमा भनिएको छ।

रक्षा मन्त्रालयले ती कन्टेनरभित्र हानिकारक कुरा के थियो भन्नेबारेकेही बताएको छैन । जहाजमा मल उत्पादन र स्टिल उत्पादनका लागि उपयोगी ‘क्याल्सियम कार्बाइड’ पनि थियो । क्याल्सियम कार्बाइड रासायनिक उद्योगमा प्रयोग हुने हानिकारक रसायन हो ।

“केरलाको तटमा संवेदनशील समुद्री इकोसिस्टमलाई ध्यानमा राख्दै आईसीजीले पूर्ण प्रदूषण नियन्त्रणका लागि आवश्यक तयारी गरेको छ,” नौसेनाले भनेको छ ।

उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो । अहिलेसम्म कुनै पनि तेल चुहिएको खबर नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह