2026-09-05 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसी आक्रमणमा १२ युक्रेनीको मृत्यु

युक्रेनमा आइतबार राति भएको रुसी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

युक्रेनको आपतकालीन सेवाले राजधानी किएभसहित युक्रेनी विभिन्न भूभागमा रुसले लगातार दोस्रो रात ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनले आक्रमणलाई ‘आतङ्कको रात’ भनेको छ ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेयता दुवै पक्षले सबैभन्दा ठूलो कैदी आदानप्रदान गरेको र संयुक्त राज्य अमेरिकाले तीन वर्ष पुरानो युद्ध रोक्न युद्धविरामको मध्यस्थता कोसिस गरिरहेको बेला यी आक्रमणहरू भएका हुन् ।

रुसको पछिल्लो आक्रमणमा आठ र १२ वर्षका दुई बालबालिका र उत्तरपश्चिमी क्षेत्र झितोमिरमा १७ वर्षीय एक किशोरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिँदैन ।”

“निश्चित रूपमा प्रतिबन्धले रूसी आक्रमण नियन्त्रण गर्न र रूसलाई युद्धविरामका लागि दबाब दिन मद्दत गर्नेछ,” उहाँले संयुक्त राज्य अमेरिका, युरोपेली देश र ‘शान्ति चाहने विश्वभरका सबैलाई’ मस्कोलाई युद्ध रोक्न ‘दृढता’ देखाउन आह्वान गरे।

युक्रेनको सेनाले आइतबार बिहान ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणमा प्रयोग गरिएका ड्रोन खसालेको जनाएको छ ।

यसैबीच, रुसले शनिबार राति र आएतबार बिहान गरी११० वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ ।

युक्रेनको पश्चिमी खमेल्निट्स्की क्षेत्रमा चार जना, किएभ क्षेत्रमा चार जना र दक्षिणमा माइकोलाइभमा एक जनाको मृत्यु भएको छ ।

आपतकालिन सेवाका अनुसार किएभ क्षेत्रमा तीन बालबालिकासहित १६ जना घाइते भएका छन् ।

अवकाशप्राप्त ६५ वर्षीया महिला तेतियाना इयान्कोभस्काले किएभको दक्षिणपश्चिममा रहेको मखालिभका गाउँमा एएफपीसँग भन्नुभयो, “हामीले सडकमा पूरै आगो लागेको देखेका थियौँ ।

आक्रमणबाट बच्न सफल अर्का अवकाशप्राप्त ६४ वर्षीय ओलेस्कान्दरले युद्धविरामका विषयमा हुने वार्तामा आफूलाई विश्वास नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई वार्ताको आवश्यकता छैन, तर उनीहरूलाई (रुसीहरूलाई) रोक्न धेरै हतियारचाहिएको छ।रुसले बल मात्र बुझ्छ, अरु केही बुझ्दैन।”

–कैँदी आदानप्रदान–

युक्रेनी अधिकारीहरूका अनुसार रुसले शुक्रबार राति १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र २५० वटा ड्रोन प्रहार गरेको र यसबाट १५ जना घाइते भएका थिए ।

जेलेन्स्कीले भन्नुभयो, “बढ्दो शत्रुताको बाबजुद, उहाँले मे १६ मा इस्तानबुलमा वार्ताको क्रममा सहमति भएको कँैदी आदानप्रदान जारी राखिने छ।”

किएभ र मस्कोमा जारी गरिएको घोषणाअनुसार शनिबार ३०७ जना रुसी युद्धबन्दीको बदलामा सोही सङ्ख्यामा युक्रेनी सैनिकको आदानप्रदान भएको छ ।

दुवै पक्षले शुक्रबार पहिलो चरणमा ३९० जनालाई स्वागत गरेका थिए ।

उनीहरूले कुल एक हजार कैँदी रिहा गर्ने सहमति भएको र सहमति अनुसार उनीहरूको आदानप्रदान हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ