2026-11-12 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भन्सार शुल्कमा अमेरिकासँग ‘गम्भीर वार्ता’का लागि जर्मन मन्त्रीको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (इयु) बाट हुने आयातमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीका अर्थमन्त्री लार्स क्लिङबिलले आइतबार अमेरिकासँग ‘गम्भीर वार्ता’ गर्न आग्रह गर्नुभएको छ ।

ट्रम्पले शुक्रबार ‘छलफल (इयुसँग) कतै पुगेको छैन’ भन्दै धम्की दिनुभयो र जुन १ देखि भन्सार शुल्क लागू हुने बताउनुभयो ।

यदि लगाइयो भने तिनीहरूले वासिङ्टनको हालको आधारभूत १० प्रतिशतको भन्सार शुल्कलाई नाटकीय रूपमा बढाउनेछ र विश्वका दुई आर्थिक महाशक्ति बीच बढ्दो तनावलाई उत्तेजित पार्नेछ ।

क्लिङबिलले बिल्ड अखबारलाई ‘हामीलाई थप उक्साहटको आवश्यकता छैन, तर गम्भीर वार्ता चाहिन्छ’ र आफूले यस विषयमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग कुरा गरेको बताउनुभयो ।

शुक्रबार ट्रम्पले युरोपमा युद्धपछिको शान्तिलाई सुनिश्चित गर्न परिकल्पना गरेको युरोपेली सङ्घ (इयु) ले ‘हाम्रो फाइदा लिन एकजुट भएको’ आफ्नो लामो समयदेखि रहेको दृष्टिकोण दोहोर्‍याउँदै आफूले ‘सम्झौता नखोजिरहेको’ बताउनुभयो ।

क्लिङबिलले भन्नुभयो, “अमेरिकी भन्सार शुल्कले अमेरिकी अर्थतन्त्रलाई जर्मन र युरोपेली अर्थतन्त्र जत्तिकै खतरामा पारेको छ ।”

नयाँ विश्वव्यापी आर्थिक अवरोधको डरबीच ट्रम्पको टिप्पणीपछि सेयर बजारमा गिरावट आएको छ । अमेरिकी डलरमा पनि गिरावट आएको छ ।

इयुका व्यापार प्रमुख मारोस सेफकोभिकले ट्रम्पप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “ब्लक दुवैका लागि काम गर्ने सम्झौता सुरक्षित गर्न प्रतिबद्ध छ र व्यापार सम्बन्ध आपसी सम्मानद्वारा निर्देशित हुनुपर्छ, धम्कीहरूद्वारा होइन ।”

क्लिङबिलले अमेरिकासँगको वार्तालाई सम्बोधन गर्न इयुलाई जर्मनीको समर्थन रहेको दोहोर्‍याउनुभयो । “युरोपेलीका रूपमा हामी एकताबद्ध छौँ र हाम्रो हितको प्रतिनिधित्व गर्न कटिबद्ध छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने