2026-09-26 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अष्ट्रियाली पूर्वचान्सलर कुर्ज निर्दोष ठहर

अष्ट्रियाको एक अदालतले सोमबार पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा निर्दोष ठहर गरेको छ । कुनै समय युरोपमा सफल युवा (वुन्डरकिन्ड) भनेर चिनिने कुर्जले सन् २०२१ मा चान्सलर पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँलाई गत वर्ष संसदीय छानबिनमा झुटो बयान दिएको आरोपमा दोषी ठहर गर्दै आठ महिनाको जेल सजाय सुनाइएको थियो । फैसलाविरूद्ध ३८ वर्षीय कुर्जले आफू निर्दोष रहेको भन्दै अपिल गर्नुभएको थियो । कुर्जको अपिलमाथि सुनुवाई भएपछि फैसला सुनाउने क्रममा न्यायाधीशहरूको तीन सदस्यीय समितिले भनेको छ, “सेबेस्टियन कुर्जÞ निर्दोष ठहर हुनुभएको छ ।”

अदालतमा सुनुवाईका क्रममा आफ्नो बयानमा कुर्जले आफूलाई अवरोध गरिएको र उहाँलाई दोषी ठहर गर्ने न्यायाधीश पक्षपातपूर्ण भएको तर्क गर्नुभएको थियो । उहाँले अदालतती सुनुवाईमा भन्नुभयो, “मेरो लक्ष्य पक्कै पनि संसद्मा केही पनि ढाकछोप गर्नु थिएन ।”

सन् २०१९ मा अति दक्षिणपन्थीसँगको आफ्नो पहिलो गठबन्धन सरकार ढाल्ने व्यापक भ्रष्टाचार काण्डको छानबिन गरिरहेको संसदीय छानबिनलाई गुमराहमा राखेको आरोपमा कुर्जलाई गत वर्ष दोषी ठहर गरिएको थियो । अर्को एक मुद्दामा कुर्जमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

कुर्जले आफ्नो छवि उकास्न र अनुकूल मिडिया कभरेजको लागि भुक्तानी गर्न चुनावको लागि सार्वजनिक पैसाको दुरुपयोग गरेको अभियोजकहरूले आशङ्का गरेका छन्।

सन् २०२१ मा राजनीति छोडेपछि कुर्ज धेरै निजी अन्तर्राष्ट्रिय उद्यममा संलग्न हुनुहुन्छ ।

सन् २०२३ मा विवादास्पद पेगासस स्पाइवेयर विकास गर्ने इजरायलको ‘एनएसओ ग्रुप’का पूर्व प्रमुखसँग मिलेर स्थापना गरेको ‘ड्रिम साइबर सेक्युरिटी कम्पनी’ मा कुर्ज र अर्का एक उद्यमी पनि सामेल हुनुहुन्छ ।

यस वर्षको सुरुमा ड्रिमले आफ्नो कम्पनीको मूल्य १.१ बिलियन अमेरिकी डलर रहेको बताएको थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह