2026-09-06 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

केरलाः डुबेको ‘कन्टेनर जहाज’ बाट तेल चुहावट रोक्ने पहल जारी

काठमाडौँ । भारतको केरला राज्य सरकारले एक दिनअघि दक्षिणी तटमा डुबेको ‘जोखिमयुक्त’ कार्गो बोकेको कन्टेनर जहाजबाट तेल चुहावट रोक्न सोमबार भारतीय तटरक्षकले आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् ।

लाइबेरियाली झण्डा बाहक १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी ईएलएसए ३) आइतबार केरलाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त जहाजमा ६४० कन्टेनर थिएभने जसमध्ये १३ वटा जीवनका लागि हानिकारक मानिने कार्गो र १२ वटा क्याल्सियम कार्बाइड थिए । उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो ।

केरला सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तट रक्षकले दुई जहाजको प्रयोग गरेर तेल फैलन नदिने प्रयास गरिरहेका छन् ।

“डोर्नियर विमान प्रयोग गरेर तेल नष्ट गर्न धुलो छर्किने काम भइरहेको छ,” वित्रप्तिमा भनिएको छ ।

भारतीय रक्षा मन्त्रालयले कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा आएको बाढीका कारण जहाज डुबेको थियो । जहाज डुबेका कारण केरलाको तटीय क्षेत्रमा यसबाट पर्नसक्ने संवेदनशील सामुद्रिक पारिस्थतिक प्रणालीप्रति चिन्ता व्यक्त गरिएको छ ।

सरकारले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र मानिसहरूलाई कुनै पनि कन्टेनरलाई नछुन वा सम्पर्क नगर्न चेतावनी दिएको छ ।
भारतीय बन्दरगाह भिझिन्जम र कोचीको बीचमा यात्रा गरिरहेको उक्त जहाज शनिबार डुबेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ