2026-11-12 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनले मस्कोविरुद्ध ड्रोन आक्रमण सुरु गरेको रूसको भनाइ

युक्रेनले रूस विरुद्ध ठूलो ड्रोन आक्रमण सुरु गरेको रूसी अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार देशभर करिब तीन सय ड्रोन प्रहार गर्दै दर्जनौँ राजधानी मस्कोतर्फ लक्षित थिए ।  सप्ताहन्तमा रुसले युक्रेनमा रेकर्ड ड्रोन आक्रमण गरेपछि यो आक्रमण भएको हो । रुसी आक्रमणमा किएभले कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आग्रह गरे पनि मस्कोले आक्रमणलाई तीव्र बनाएको छ भने वार्ताकारहरूले तीन वर्षमा पहिलो पटक प्रत्यक्ष वार्ता गरेका छन् ।
महिनौंको अमेरिकी नेतृत्वको कूटनीतिका बावजुद सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गरेपछि सुरु भएको तीन वर्ष लामो द्वन्द्व अन्त्य गर्न सम्झौता गर्न दुई पक्ष नजिक देखिँदैनन् । “विमान–रोधी रक्षा प्रणालीले दुई सय ९६ युक्रेनी हवाई ड्रोन नष्ट गरी रोक्यो”, रूसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भन्यो । राजधानी वरपरको मस्को क्षेत्रमा कम्तीमा ४२ जनालाई गोली हानिएको गभर्नर आन्द्रे भोरोब्योभले काठको आवासीय घरमा आगो निभाउने अग्निनियन्त्रकको फोटो पोस्ट गर्दै सामाजिक सञ्जालमा बताउनुभयो ।
मस्कोका तीनवटा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अवरोधका कारण रातारात घण्टौँका लागि उडान स्थगित गर्न बाध्य भएको उड्डयन अधिकारीहरूले बताएका छन् ।  रुसले युक्रेनमा गरेको सबैभन्दा ठुलो ड्रोन आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले सप्ताहन्तमा रुसी नेता भ्लादिमिर पुटिनलाई ‘पागल’ भन्दै भत्र्सना गर्नुभएको छ । दशौँ हजारको ज्यान गएको छ, पूर्वी र दक्षिणी युक्रेनको धेरै भाग नष्ट भएको छ र मस्कोको सेनाले अहिले युक्रेनको क्रिमिया प्रायद्वीपसहित करिब पाँच भागको नियन्त्रण गरेको छ । क्रिमिया प्रायद्वीपलाई रुसले सन् २०१४ मा कब्जा गरेको थियो ।
युक्रेनले सोमबारसम्म तीन दिनमा रुसले नौ सयभन्दा बढी ड्रोन प्रक्षेपण गरेको बताएको छ । आइतबारको आक्रमणमा तीन बालकसहित १३ जना सर्वसाधारणको मृत्यु भएको थियो । रुसको रक्षा मन्त्रालयले मङ्गलबार ती आक्रमणहरू युक्रेनी ड्रोन हमलाहरूको जवाफ भएको र रुसी नागरिक हताहत भएको बताएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने