३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द

१६ जेष्ठ २०८२, बिहीबार १२:२४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एभियन फ्लू खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौता बुधबार रद्द गरेको अमेरिकी बायोटेक कम्पनीले जनाएको छ ।
यसले खोपको बारेमा गलत सूचना प्रवद्र्धन गर्न दशकौँ बिताउनुभएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरको खोपहरू विरुद्धको पछिल्लो कदमलाई चिह्नित गरेको छ ।
ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा तीन दिनअघि जनवरी १७ मा घोषणा गरिएको सम्झौता चरा र गाईवस्तुमा सर्ने एच५एन१ इन्फ्लुएन्जा स्ट्रेनलाई लक्षित गर्ने एमआरएनए खोपका लागि थियो । विज्ञहरूले यो भाइरस मानिसमा फैलिन सक्ने र महामारी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी फर्मास्युटिकल र बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया परीक्षण गर्न डिजाइन गरिएको तीन सय व्यक्तिको प्रारम्भिक चरणको क्लिनिकल परीक्षणबाट सकारात्मक परिणामहरू घोषणा गरेपछि समाचारको खुलासा गरेको थियो ।
“एचएचएसबाट कोषको समाप्तिले अनिश्चितता थप्दछ, हामी हाम्रो एच५ एभियन फ्लु खोपको चरण १/२ अध्ययनको यस अन्तरिम विश्लेषणमा अवलोकन गरिएको बलियो प्रतिरक्षा प्रतिक्रिया र सुरक्षा प्रोफाइलबाट खुसी छौँ र हामी कार्यक्रमका लागि वैकल्पिक मार्गहरू अन्वेषण गर्नेछौँ”, सिइओ स्टेफन बानसेलले एक विज्ञप्तिमा भन्नुभयो, “महामारी इन्फ्लुएन्जामा यी क्लिनिकल डाटाले एमआरएनए प्रविधिले उदाउँदो स्वास्थ्य खतराहरूको प्रतिकारका रूपमा खेलेको महत्त्वपूर्ण भूमिकालाई जोड दिन्छ ।”
विज्ञप्तिमा मोडर्नाले खोपको विकास र निर्माण कोषका लागि ‘विकल्पहरू खोज्ने’ बताइएको छ ।  पूर्वराष्ट्रपति जो बाइडेनको कोभिड–१९ प्रतिक्रिया संयोजकका रूपमा काम गरेका जनस्वास्थ्य विज्ञ डा आशिष झाले निराश प्रतिक्रिया दिनुभयो ।
“एमआरएनए खोपहरूमा भएको आक्रमण अर्थहीन छ”, उहाँले एक्समा पोस्ट गर्नुभयो, “यो राष्ट्रपति ट्रम्पको अपरेसन वार्प स्पीड थियो जसले हामीलाई एमआरएनए खोप दियो ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन गृहमन्त्री भने – नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको हो माइतीघरबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध, टेबुल ठटाउँदै उठे टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा द्वन्द्व नबढाऊः इजरायलको इरानमाथि आक्रमणप्रति विश्वको प्रतिक्रिया संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति ९० वर्षीय वृद्धद्वारा श्रीमतीको हत्या, “आफू मरेपछि दु:ख नहोस् भनेर मारेँ” बयान आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने