२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यानाडाको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर,आगलागीका कारण हजारौं मानिस विस्थापित

२०८२, १६ जेष्ठ बिहीबार १२:४१

क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । स्थानीय प्रशासनले अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन अवस्था लागू गरेको छ । सेना पनि बोलाइएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सेना पठाउन अनुमति दिएका छन् । राज्यको इतिहासमा सबैभन्दा ठुलो निकासी अभियान चलाइएको मनिटोबाका प्रिमियर वेब किन्युले भनेका छन् । आगलागीका कारण करिब १७ हजार मानिसहरू बसाइँ सर्न बाध्य भएको बताइएको छ ।

सेनालाई मद्दतको लागि बोलाइएको किन्युले भनेका छन् । मिडिया रिपोर्टका अनुसार मनिटोबाको फ्लिन फ्लोन शहरको जङ्गलमा लागेको आगो धेरै खतरनाक बनेको छ, जसका कारण शहरका करिब पाँच हजार मानिसहरूलाई शहर छोड्न निर्देशन दिइएको छ । आगो निकै छिटो दन्किरहेको र सबै मानिसहरूलाई मध्यरातसम्म शहर छोड्न आदेश दिइएको शहरका मेयरले भने । मनिटोबाको सास्काचेवान क्षेत्रमा पनि ठुलो आगलागी भएको र यो तीव्र गतिमा बढिरहेको बताइएको छ । आगलागीका कारण सास्काचेवानमा १ हजार २०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।

मनिटोबाको जङ्गलमा २२ वटा डढेलो लागेका छन् । अधिकारीहरूले क्यानडाभरिका अग्नि नियन्त्रक विभागहरूले आगो निभाउन मद्दत गरिरहेको बताएका छन् । आइतबार आगो निभाउने क्रममा एक अग्निनियन्त्रक गम्भीर घाइते भएका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा मनिटोबामा १०२ वटा आगलागीका घटनाहरू भएका छन् । यो औसतभन्दा धेरै बढी भएको बताइएको छ क्यानडाका वनमा डढेलोको मौसम मे देखि सेप्टेम्बरसम्म चल्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन