२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यानाडाको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर,आगलागीका कारण हजारौं मानिस विस्थापित

१६ जेष्ठ २०८२, बिहीबार १२:४१

क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । स्थानीय प्रशासनले अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन अवस्था लागू गरेको छ । सेना पनि बोलाइएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सेना पठाउन अनुमति दिएका छन् । राज्यको इतिहासमा सबैभन्दा ठुलो निकासी अभियान चलाइएको मनिटोबाका प्रिमियर वेब किन्युले भनेका छन् । आगलागीका कारण करिब १७ हजार मानिसहरू बसाइँ सर्न बाध्य भएको बताइएको छ ।

सेनालाई मद्दतको लागि बोलाइएको किन्युले भनेका छन् । मिडिया रिपोर्टका अनुसार मनिटोबाको फ्लिन फ्लोन शहरको जङ्गलमा लागेको आगो धेरै खतरनाक बनेको छ, जसका कारण शहरका करिब पाँच हजार मानिसहरूलाई शहर छोड्न निर्देशन दिइएको छ । आगो निकै छिटो दन्किरहेको र सबै मानिसहरूलाई मध्यरातसम्म शहर छोड्न आदेश दिइएको शहरका मेयरले भने । मनिटोबाको सास्काचेवान क्षेत्रमा पनि ठुलो आगलागी भएको र यो तीव्र गतिमा बढिरहेको बताइएको छ । आगलागीका कारण सास्काचेवानमा १ हजार २०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।

मनिटोबाको जङ्गलमा २२ वटा डढेलो लागेका छन् । अधिकारीहरूले क्यानडाभरिका अग्नि नियन्त्रक विभागहरूले आगो निभाउन मद्दत गरिरहेको बताएका छन् । आइतबार आगो निभाउने क्रममा एक अग्निनियन्त्रक गम्भीर घाइते भएका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा मनिटोबामा १०२ वटा आगलागीका घटनाहरू भएका छन् । यो औसतभन्दा धेरै बढी भएको बताइएको छ क्यानडाका वनमा डढेलोको मौसम मे देखि सेप्टेम्बरसम्म चल्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव