2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर

काठमाडौँ । म्याग्दीको रघुगंगागाउँपालिका– ७ चिमखोलाकायुवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ ।

रोजगारको सिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका४१ बर्षी पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो । उहाँले भन्नुभयो, ‘‘मरुभूमिको देशमाकाम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दाआफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु ।’’

पुनले विगत १४ बर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आउनुभएको छ । उहाँलाई भेडीगोठमा उहाँकै छोरा प्रतिक पुनले सहयोग गर्नुभएको छ । विद्यालयतहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लाग्नुभएको हो । गाउँमा परम्परागत रुपमाहुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामापुगेपनिपुनकाबाबु छोराले भेडापालनको पेसालाई जोगाएका छन् ।

सुरुआतमा रु ६ लाखलगानीमा १५० वडा भेडाखरिद गरेर घुम्तीगोठ सुरु गर्नुभएकापुनको भेडिगोठमा अहिले ३०० भेडा छन् । बर्षमा ७० वटासम्म भेडा, साँड, खसी विक्रिहुने गरेको पुनले बताउनुभयो । वनजंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमापालनगरिने भेडा, साँड र खसीको मागअत्यधिकहुने भएकाले विक्रिकालागिबजारको अभाबहुँदैन् ।

खासगरी विभिन्नथानहरुमाभाकलपूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्यकार्यहरुकालागिखसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताउनुभयो । भेडापालनलाई व्यवसायिक र व्यवस्थितगर्न पुनले भेडापालन फर्म नै दर्ता गर्नुभएको छ ।

भेडापालनमा लागेको बर्षौ भएपनिअहिलेसम्म राज्यबाट कुनै सुविधानपाएको पुनको गुनासो छ । बार्षिक रुपमाफर्मबाट सरकारलाई कर तिर्देै आएपनिआफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्तनभएको उहाँले बताउनुभयो ।

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउनमागगर्दै आएका छन् । भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रकाबुकीमात्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ ।

अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुलाआकासमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षतिव्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन् । पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जानथालेको छ । चिमखोलागाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आउनुभएको छ । घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमागोठ झार्ने गरिन्छ । –––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द