२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबाको हत्या

२४ जेष्ठ २०८२, शुक्रबार १२:५०

काठमाडौँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा एक युवाले कोदालो प्रहार गरी आफ्नै बुबासहित दुई जनाको ज्यान लिएका छन्।

प्रहरीका अनुसार २७ वर्षीय हेमराज थारूले आफ्ना ५० वर्षीय बुबा जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारमाथि आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, हेमराजले बुबाको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।

इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनाको यथार्थ पत्ता लगाउने अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। हालसम्म हत्याको स्पष्ट कारण खुलेको छैन।

घटनापछि हेमराज थारूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति गम्भीर रहेकोले अनुसन्धानलाई तीव्र बनाइएको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…