२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विदेशी विद्यार्थीको भिसा प्रक्रिया अब त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रबाट

२४ जेष्ठ २०८२, शुक्रबार १३:०३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसा (प्रवेशाज्ञा) प्रक्रिया त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, कीर्तिपुरमार्फत अघि बढाइने निर्णय गरेको छ।

विश्वविद्यालयले आज सार्वजनिक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र त्रिविसभा २०८१ मा पारित निर्णयअनुसार सो प्रक्रिया लागु गरिएको जानकारी गराएको हो।

सूचनामा उल्लेख भएअनुसार त्रिवि समन्वय परिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित अंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूमा अध्ययन, अध्यापन र अनुसन्धान प्रयोजनका लागि आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको हकमा भिसा प्रक्रिया अब केवल त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रबाट नै अघि बढाइने निर्णय गरेको हो।

यस निर्णयले विदेशी नागरिकहरूका लागि भिसा प्रक्रियालाई केन्द्रीयकृत र व्यवस्थागत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…