2026-07-28 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत–पाकिस्तान सङ्कट समाधान गर्न रुसले ट्रम्पलाई दियो श्रेय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य गर्ने मध्यस्थताको दाबीलाई समर्थन गर्नुभएको छ ।

उशाकोभले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्तामा छलफल भएअनुसार भारत–पाकिस्तान द्वन्द्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘व्यक्तिगत’ संलग्नताले समाधान भएको बताउनुभयो ।

“मध्यपूर्वका साथै भारत र पाकिस्तानबीचको सशस्त्र द्वन्द्वबारे छलफल भएको थियो, जुन राष्ट्रपति ट्रम्पको व्यक्तिगत संलग्नताले रोकियो”, उहाँले भन्नुभयो ।

सर्वदलीय प्रतिनिधिमण्डलका नेता एवं कांग्रेस सांसद शशी थरूरले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा भारत–पाकिस्तान सङ्कटमा मध्यस्थता गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई स्पष्ट गरेकाले यो मुद्दा अमेरिका र भारतबीच विवादको विषय बनेको छ ।

एएनआईसँग कुरा गर्दै थरूरले भान्ससँगको प्रतिनिधिमण्डलको बैठक राम्रो भएको र उहाँले प्रतिनिधिमण्डलको स्थिति बुझेको बताउनुभयो ।

“उपराष्ट्रपति भान्ससँगको भेट उत्कृष्ट, धेरै राम्रो, धेरै स्पष्ट थियो । हामीले मध्यस्थताको यस प्रश्नमा हाम्रो स्थिति पर्याप्त रूपमा स्पष्ट पार्‍यौँ र उपराष्ट्रपति भान्सले हाम्रो बुँदाहरू पूर्ण रूपमा बुझ्नुभएको थियो भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।

“मुख्य कुरा भनेको मध्यस्थताले दुई पक्षबीच समानता बुझाउँछ र आतङ्कवादीहरू र तिनीहरूका पीडितहरूबीच, आतङ्कवादीहरूलाई सुरक्षित आश्रय दिनेहरू र अर्कोतर्फ बहुदलीय लोकतन्त्रबीच कुनै समानता हुन सक्दैन । एकातर्फ जहाँबाट आक्रमणहरू आइरहेका छन्, अर्को देश जुन आफ्नो रक्षा गर्ने, बाँच्ने अधिकार प्रयोग गर्ने प्रक्रियामा छ, त्यहाँ कुनै समानता हुन सक्दैन”, उहाँले भन्नुभयो ।

थरूरले मध्यस्थताको दाबीमा भारतको अडानको सन्देश भान्स र अमेरिकी प्रशासनका अन्य तहहरूले बुझेको बताउनुभयो ।

“त्यसैले हामीले यसलाई हेर्ने उपयुक्त तरिका हुनेछैन भनेर सुझाव दियौँ र सन्देश उपराष्ट्रपतिले धेरै स्पष्ट रूपमा बुझ्नुभएको छ, निश्चित रूपमा प्रणालीका अन्य तहहरूमा पनि सन्देश स्पष्ट रूपमा बुझिएको छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे ३१ मा भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य गर्ने मध्यस्थताको श्रेय दावी गर्दै आफ्नो प्रशासनको व्यापार वार्ताले दुई देशबीचको आणविक युद्धलाई सम्भावित रूपमा रोक्न सक्ने दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ