2026-09-26 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा: केदारनाथ धामका लागि उडान भरिएको हेलिकप्टरले अचानक सडकमा अवतरण गरेपछि

काठमाडौँ | शनिबार दिउँसो भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर सडकमा आपत्‌कालीन अवतरण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर ५ यात्रु लिएर केदारनाथ जाँदै थियो।

तर प्राविधिक गडबडी देखिएपछि पाइलटले हेलिकप्टरलाई सडकमै अवतरण गराएका हुन्। घटनाको जानकारी पाउनेबित्तिकै प्रशासनले घटनास्थलमा टोली पठाएर हेलिकप्टर सडकबाट हटाएको थियो।

जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने, ‘केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको हेलिकप्टर बारासुस्थित आफ्नो आधारबाट ५ यात्रु लिएर केदारनाथ धामका लागि उडान भरिरहेको थियो। यस क्रममा हेलिकप्टरमा केही प्राविधिक गडबडी भयो।’

उनले थपे, ‘पाइलटले समयमै समस्या थाहा पाए र नजिकै खाली बाटो देखेपछि आपत्‌कालीन अवतरण गराए। हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित छन्, पाइलटलाई भने सामान्य चोट लागेको छ।’

राहुल चौबेका अनुसार आपत्‌कालीन अवतरणका क्रममा सडकमा पार्क गरिएको कारमा क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह