2026-07-27 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा उद्धारसमूहका प्रवक्ता हमाससँग सम्बन्धित अधिकारी रहेको इजरायलको दाबी

इजरायली सेनाले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सक्रिय उद्धार समूह गाजाको नागरिक प्रतिरक्षाका प्रवक्तालाई हमास ‘आतङ्ककारी’ भएको आरोप लगाएको छ ।

गाजामा सेनाले गरेको आक्रमणका क्रममा फेला परेका दस्तावेजलाई उद्धृत गर्दै सेनाल महमुद बासाल इस्लामिक लडाकू समूहमा ‘सक्रिय आतङ्ककारी’ भएको बताएको हो । सन् २०२३ को अक्टोबरमा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही अघि बढाएको थियो ।

इजरायली सेनाले बासालको हमासको सदस्यताको सूची कहाँ र कसरी प्राप्त भयो भन्ने स्पष्ट नगरी मिडियालाई हमासको सदस्यता सूचीको प्रतिलिपि जारी गरेको थियो।

बासालले गाजामा आफ्नो गतिविधिबारे गलत र अपुष्ट सूचना फैलाएर हमासको उद्देश्य पूरा गरेको आरोप इजरायलले लगाएको छ ।

“यो झुटो आरोप हो”, बासालले एएफपीसँग भन्नुभयो, “म कुनै पनि सैन्य संगठनका लागि काम गर्दिनँ । संस्थाको अभियान अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित छ।”

नागरिक सुरक्षा एजेन्सीले दशकौँदेखि गाजा पट्टीमा इजरायली हवाई आक्रमणका पीडितहरूलाई अस्पताल पुर्याउन उद्धारकर्ताहरू तैनाथ गर्दै आएको छ।

यस सङ्गठनलाई प्रायः अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो समाचारमा उद्धृत गर्छन् ।

पहुँच सीमित र जमीनमा स्थिति अराजक भएकोले यो स्वतन्त्र रूपमा हताहतको आँकडा वा एजेन्सीद्वारा रिपोर्ट गरिएको मृत्युको परिस्थितिको पुष्टि गर्न लगभग असम्भव छ।

इजरायली सेनाले हालै खाद्यान्न वितरण केन्द्रनजिकै सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै नागरिक सुरक्षा निकायबाट आलोचना खेपिरहेका बेला सेनाको यो आरोप आएको हो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका कारण इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको छ ।

शनिबार हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले गाजा युद्धमा मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या ५४ हजार ७७२ पुगेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई भरपर्दो मानेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ