2026-10-07 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विद्युत् काट्नुअघि पूर्व सूचना दिन माग, उच्च अदालत पाटनमा रिट

काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुनुअघि उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यममार्फत पूर्व सूचना दिन अनिवार्य व्यवस्था गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ।

कानुन संकायका विद्यार्थी विवेक चौधरीले आइतबार दायर गरेको उक्त रिट निवेदनमा विद्युत् सेवा अवरुद्ध हुने अवस्था आउनु अगावै उपभोक्तालाई जानकारी दिनुपर्ने संवैधानिक दायित्वको उल्लेख गरिएको छ। उनले रिटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाएका छन्।

रिटमा भनिएको छ, “संविधानको धारा २७ ले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको सन्दर्भमा, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम राख्न र उपभोक्ताको विश्वास सुदृढ गर्न, विद्युत् सेवा अवरुद्ध हुनुअघि वा लगतै स्पष्ट र प्रभावकारी सूचना उपलब्ध गराउनु आवश्यक छ।”

निवेदक चौधरीले विद्युत् सेवा जस्तो आधारभूत सेवामा जानकारीको अभावले आम नागरिकको दैनिक जीवनमा प्रतिकूल प्रभाव पर्ने भएकाले संवैधानिक र उपभोक्ता अधिकारको संरक्षणको लागि परमादेश आदेश माग गरेका छन्।

रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि सोमबारको दिन उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो