2026-09-05 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली सेनाद्वारा गाजातर्फ गइरहेको सहायता योट रोकेको एफएफसीको दाबी

काठमाडौँ । गाजा पट्टीतर्फ मानवीय सहायता लिएर गइरहेको मेडेलिन नामक जहाजलाई इजरायली सेनाले रोकिएको फ्रीडम फ्लोटिला कोलिशन (एफएफसी) ले जनाएको छ। एफएफसीका अनुसार, उक्त जहाजसँग सम्पर्क टुटेको छ।

एफएफसीले टेलिग्राममार्फत एउटा तस्बिर सार्वजनिक गरेको छ, जसमा लाइफ ज्याकेट लगाएका केही मानिसहरू हात उठाएर बसेको देखिन्छ। तर, तस्बिरको यथार्थता कुनै स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन।

उक्त जहाजमा अन्तर्राष्ट्रिय वातावरणीय अभियन्ता ग्रेटा थनबर्ग पनि सवार रहेको जानकारी एफएफसीले दिएको छ। योट इजिप्टको तट नजिक रहेको अनुमान गरिएको छ।

यसबीच, इजरायलको विदेश मन्त्रालयले एक्समार्फत भिडियो सार्वजनिक गर्दै जहाजमा सवार सबै व्यक्तिहरू सुरक्षित रहेको जनाएको छ। मन्त्रालयका अनुसार यात्रुहरूलाई स्यान्डविच र पिउने पानी उपलब्ध गराइएको छ।

इजरायली सेनाले उक्त जहाजलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको भन्दै चेतावनी दिएको थियो। इजरायलले गाजामा हतियार आपूर्तिलाई रोक्न नाकाबन्दी आवश्यक रहेको तर्क गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ