2026-10-07 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुर्गा प्रसाईंलाई थुनाबाहिर राख्न भीमार्जुन आचार्यसहित ६ वकिल इजलासमा

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित ६ जना, तीनकुने घटनामा संलग्नता देखाउँदै पक्राउ परेका दुर्गा प्रसाईंलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा प्रसाईंका पक्षबाट डा. आचार्य, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, टंक दुलालसहित ६ जना अधिवक्ताले अदालतमा बहस प्रस्तुत गरेका हुन्।
वकिलहरूले प्रसाईंको सो घटनामा प्रत्यक्ष संलग्नता नरहेको दाबी गर्दै, उनलाई थुना बाहिर राखेर कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्।

प्रसाईंविरुद्ध राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध लगायतका आरोपमा मुद्दा दायर गरिएको छ।

एकैपटक ३९ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइएको हुँदा बकपत्र प्रक्रियामा धेरै दिन लागेको थियो। बकपत्र सकिएपछि जिल्ला न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस जारी छ। सरकारी पक्षबाट तीन दिन बहस भएको थियो भने त्यस पश्चात् आइतबारदेखि प्रसाईंका पक्षबाट बहस सुरु भएको हो। प्रसाईंका पक्षबाट बहस सकिएपछि अन्य प्रतिवादीहरूको तर्फबाट बहस हुनेछ।

अन्तिम चरणमा सरकारी वकिलले जवाफी बहस प्रस्तुत गरेपछि अदालतले प्रसाईं र अन्य प्रतिवादीलाई थुनामै राख्ने वा थुनाबाहिर राख्ने भन्ने विषयमा निर्णय सुनाउनेछ।

यसअघि, भाटभटेनीमा लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध छुट्टै मुद्दा दायर भएको थियो, जसमा उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिइएको थियो। अन्य ४ जना नाबालकविरुद्ध भने बाल अदालत, भक्तपुरमा मुद्दा चलाइएको छ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि भएको झडपका क्रममा घरमा आगजनी हुँदा पत्रकार सुरेश रजकको ज्यान गएको थियो भने प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो