2026-10-07 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डीभी भिसामा अमेरिका पुगेका युवक पनि डिपोर्ट

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भई आइतबार काठमाडौं आएका ३७ नेपालीमध्ये एक जना डाइभर्सिटी भिसा (डीभी) परेर अमेरिका पुगेका व्यक्ति पनि रहेका छन्।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, ती नेपालीहरूलाई अमेरिका को एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलको चार्टर्ड विमानमार्फत ढाका हुँदै काठमाडौं ल्याइएको हो। तीमध्ये पाँच जना महिला रहेका छन्।

झन्डै १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति टेक्सास राज्यमा बस्दै आएका थिए। उनी एक आफन्तसँग बसिरहेका थिए र पारिवारिक विवादमा परेपछि प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी उनलाई डिपोर्ट गर्ने निर्णय गरिएको थियो।

काठमाडौं फर्केपछि मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरूले उनलाई सामान्य सोधपुछ गरेका थिए। डिभी परेर गएका कारण सोधपुछपछि विवरण टिपेर छाडिएको हो।

रिजालका अनुसार, डिपोर्ट भएर आएका अन्य व्यक्तिहरूसँग पनि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो। सोधपुछको उद्देश्य अवैध रूपमा अमेरिका पठाउने गिरोहबारे जानकारी संकलन गर्नु थियो। तर, धेरैले प्रहरीसँग सहकार्य नगरेको अधिकारीहरू बताउँछन्।

यसअघि पनि डिपोर्ट भएर आएका ८ नेपालीले अमेरिका पठाउने गिरोहबारे केही खुलाउन नचाहेको र जाहेरी दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।

अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुने संख्या बढ्दो रहेको छ। अमेरिकी सरकारको कडा आप्रवासन नीतिका कारण सन् २०२५ को जनवरीदेखि मेसम्म १४० जना नेपाली डिपोर्ट भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो