2026-09-05 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

इरानले एक पुरुषलाई सन् २०२२ मा भएको राष्ट्रव्यापी आन्दोलनका क्रममा सात जनाको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा मृत्युदण्ड दिएको जानकारी न्याय निकायमार्फत सार्वजनिक गरिएको छ । मृतकहरूमा एक १० वर्षे बालक पनि रहेका थिए ।

अब्बास कुर्कुरी नाम गरेका व्यक्तिलाई इजेह सहरमा भएको गोलीकाण्डमा संलग्न भएको ठहर गर्दै न्यायिक प्रक्रियाबाट मृत्युदण्डको सजाय दिइएको हो । सो आन्दोलन महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो । अमिनी एक इरानी कुर्द युवती थिइन्, जसलाई महिला पहिरनसम्बन्धी कडा नियम उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो ।
उक्त मुद्दा दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको राजधानी अहवाजस्थित क्रान्तिकारी अदालतमा विचाराधीन थियो । अदालतले सुनाएको निर्णय सर्वोच्च अदालतबाट सदर भएपछि कुर्कुरीलाई मृत्युदण्ड दिइएको हो, न्यायिक निकायको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

अदालतले उनलाई ‘पृथ्वीमा व्यापक हानी पु¥याउने कार्य’ तथा ‘ईश्वरविरुद्ध संघर्ष गर्ने’ जस्ता गम्भीर आरोपमा दोषी ठहर गरेको बताइएको छ ।
उनीमाथि सर्वसाधारणलाई त्रसित तुल्याउने उद्देश्यले हतियार प्रदर्शन गरेको, सैनिक हतियारको प्रयोग गरी ज्यानमारा कार्यमा संलग्न भएको र विद्रोही समूहको निर्माण तथा सहभागिताको अभियोग लगाइएको थियो ।
इजेहमा भएको उक्त घटनामा सात जनाको ज्यान गएको थियो, जसमा १० वर्षीय बालक कियान पिरफालक पनि थिए । अधिकारीहरूले उक्त घटनालाई ‘आतङ्कजन्य हमला’ भएको बताएका थिए ।

न्यायिक विवरण अनुसार, अदालतमा कुर्कुरीले आफूमाथि लागेको अभियोग स्वीकार गर्दै, आफू सामाजिक सञ्जालको प्रभावमा परेको बताएका थिए ।
मिजान अनलाइनले उनलाई अघिल्ला वर्षहरूमा पनि सार्वजनिक सुरक्षा भङ्ग गर्ने, गोली चलाउने, सशस्त्र आक्रमण, सम्पत्ति क्षति तथा लागूपदार्थ र रक्सीको अवैध कारोबारमा संलग्न रहेको व्यक्तिका रूपमा वर्णन गरेको छ ।
सन् २०२२ मा सुरु भएको आन्दोलनमा सयौं नागरिक र सुरक्षाकर्मीको ज्यान गएको थियो भने हजारौं व्यक्तिहरू पक्राउ परेका थिए । सो अवधिमा पक्राउ परेका केही व्यक्तिहरूमाथि पनि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ ।

कुर्कुरीमाथि दिइएको सजाय कार्यान्वयन भएको भोलिपल्ट, इरानले सन् २०१८ मा इस्लामिक स्टेट नामक समूहको पक्षमा आक्रमणको योजना बनाएको अभियोगमा नौ जनालाई पनि मृत्युदण्ड दिएको थियो ।

मानव अधिकार क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार, मृत्युदण्ड कार्यान्वयन गर्ने देशहरूको सूचीमा चीनपछि इरान दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ