३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा

२९ जेष्ठ २०८२, बुधबार १६:३०

लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ लागु हुने घोषणा गर्नुभएको छ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो ।

एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताउनुभयो ।

“म कर्फ्यू जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ”, उहाँले भन्नुभयो ।

आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले सहरभरि लगातार बढ्दो अशान्ति पछि जीवन र सम्पत्तिको रक्षा गर्न कफ्र्यू एक आवश्यक उपाय हो भनी जोड दिनुभयो ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासनमाथि कारबाही गर्ने आफ्नो वाचा पूरा गर्न थाल्नुभएको छ ।

होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आइसिई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ ।

आइसिई छापामाथि बढ्दो विरोधको प्रतिक्रियामा ट्रम्पले लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिनुभयो ।

मङ्गलबार ट्रम्पले शान्ति कायम नभएसम्म सेना लस एन्जलसमा रहने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’