२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा

२०८२, २९ जेष्ठ बुधबार १६:३०

लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ लागु हुने घोषणा गर्नुभएको छ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो ।

एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताउनुभयो ।

“म कर्फ्यू जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ”, उहाँले भन्नुभयो ।

आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले सहरभरि लगातार बढ्दो अशान्ति पछि जीवन र सम्पत्तिको रक्षा गर्न कफ्र्यू एक आवश्यक उपाय हो भनी जोड दिनुभयो ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासनमाथि कारबाही गर्ने आफ्नो वाचा पूरा गर्न थाल्नुभएको छ ।

होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आइसिई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ ।

आइसिई छापामाथि बढ्दो विरोधको प्रतिक्रियामा ट्रम्पले लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिनुभयो ।

मङ्गलबार ट्रम्पले शान्ति कायम नभएसम्म सेना लस एन्जलसमा रहने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता