Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ जेठ ३० गते, साँझ ८:०२ बजे मुख्य समाचार, समाज

ओखलढुङ्गामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक युवक पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय भूपेन्द्र मगर रहेका छन्। उनलाई बुधबार राति जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार किशोरीमाथि जबरजस्ती करणी गरिएको भन्ने उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।