३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री

३१ जेष्ठ २०८२, शुक्रबार १३:४०
काठमाडौँ । गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रुपमा निःशुल्क पोषण सामग्री उपलव्ध गराउदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नून र रुमाल प्रदान गर्दै आएको छ ।
यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउनुहुन्छ । “चालु आर्थिक ववर्ष २०८१/८२ मा ३४ महिलालाई पोषण सामग्री प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो, “सात वर्षको अवधिमा तीन सय ३० भन्दा बढी महिलालाई पोषण सामग्री उपलव्ध गराईसकेका छौँ ।”
चना र अण्डाले शारीरिक शक्ति, स्तनपानको गुणस्तर, रगतको मात्रा र आमा–शिशु दुवैको पोषण प्रभावकारी हुने गरेको पाइएको छ, भने साबुनले सरसफाइमा सजगता, सङ्क्रमणको जोखिम न्यूनीकरणमा टेवा पु¥याउने स्वास्थ्य सहायक धामी बताउनुहुन्छ । नूनले आवश्यक आयोडिन पूर्ति गर्ने कार्यसँगै थाइराइड जस्ता रोग रोकथामका लागि प्रभावकारी भूमिका खेल्छ । रुमाल शिशुको स्याहारमा उपयोगी हुन्छ ।
“सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ भन्ने धेरै महिलालाई थाहा थिएन, वडा कार्यालयले पोषण सामग्री दिन थालेपछि मात्रै यस्तो सामग्रीको उपभोग गरे शिशु र आमाको स्वास्थ्य अवस्थालाई सुधार गर्न सकिन्छ, भन्ने बुझयौँं”, पोषण सामग्री लिनुभएकी सीतादेवी डगौराले भन्नुभयो, “वडाको सानो सहयोगले चेतनाको ढोका खोल्ने काम गरेको छ ।”
साबुनले हात धुनुपर्छ, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, नूनमा आयोडिन हुन्छ, रोगसँग लड्न सहयोग गर्छ भन्ने कुरा यस कार्यक्रमका माध्यमबाट सिक्न पाएको स्थानीय मञ्जु चौधरीले बताउनुभयो । कार्यक्रम सञ्चालन भएपछि स्तनपानको गुणस्तरमा वृद्धि हुनुका साथै महिला र परिवारमा स्वास्थ्यप्रति चेतना वृद्धि, सुत्केरी महिलामा मनोबल र आत्मसम्मान बढनुका साथै सङ्क्रामक रोग सर्ने दरमा कमी आएको पाइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’