२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साइबर अपराध मुद्दामा दुई युट्युबर फरार

२०८२, ३१ जेष्ठ शुक्रबार १५:२९

काठमाडौँ । युट्युबमार्फत एक युवतीको चरित्र हत्या गरेको आरोपमा शर्मिला श्रेष्ठ (राई) सहित तीन युट्युबरविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता भएसँगै विशाल खबर का पासाङ तामाङ र जुम टिभी नेपाल की विनिता कुँवर क्षत्री फरार रहेको साइबर ब्यूरोले जनाएको छ।

१३ जेठ २०८२ मा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्र अनुसार, पीडित युवतीले ४ जेठमा उजुरी दिएकी थिइन्। उजुरीमा शर्मिलासँग टिकटकमार्फत चिनजान भई आपसी लेनदेन हुँदै आएको र पछिल्लो विवादका क्रममा कुटपिट भएको अनि त्यसपछि युट्युबमार्फत अपमानजनक भिडियो सार्वजनिक गरिएको उल्लेख छ।

शर्मिलाको अन्तर्वार्ता ‘विशाल खबर’ र ‘जुम टिभी नेपाल’ च्यानलबाट प्रसारण गरिएको थियो। भिडियो सामग्रीले पीडित र उनका नाबालक बच्चासमेतको सामाजिक प्रतिष्ठा र चरित्रहत्याको आरोप लगाइएको छ।

बयानमा शर्मिलाले आफूलाई निरन्तर झूटो आरोप लगाइएका कारण भावनामा बहिएर अन्तर्वार्ता दिएको स्वीकार गरेकी छिन्।

तीनै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार मुद्दा लगाइएको छ। यस अन्तर्गत पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजायको व्यवस्था छ।

सरकारी वकिल कार्यालयले पीडितलाई क्षतिपूर्ति दिलाउने माग गरेको छ। साथै, फरार रहेका तामाङ र क्षत्रीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम अदालतबाट समाह्वान (म्याद सूचना) जारी गर्न माग गरिएको छ । ‘गोल्डेन टिभी’ नामक युट्युब च्यानलले पनि सोही अन्तर्वार्ता प्रसारण गरेको पुष्टि भएकोले आवश्यक भए थप अनुसन्धान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी