2026-11-12 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी विरोध प्रदर्शनमा गोलीकाण्डमा एक जना ‘गम्भीर घाइते’ : प्रहरी

पश्चिमी राज्य युटाहमा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू विरुद्धको विरोध प्रदर्शनमा भएको गोलीकाण्डमा एक व्यक्तिलाई ‘जीवनलाई जोखिममा पार्ने चोट’ लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य तीन जनालाई हिरासतमा लिइएको छ ।

यो घटना शनिबार राति ८ः०० बजे (०२०० जिएमटी आइतबार) युटाहको राजधानी साल्ट लेक सिटीमा भएको प्रहरीले बताएको छ । ट्रम्पको विरोधमा संयुक्त राज्य अमेरिकाभर चलेका धेरै ‘नो किङ्ग्स’ प्रदर्शनहरू मध्ये एक त्यहाँ करिब १० हजार मानिसले विरोध प्रदर्शन गरेका थिए ।

“गोलीकाण्डमा एकजना व्यक्ति गम्भीर घाइते भएको हामी पुष्टि गर्न सक्छौँ । बिरामीलाई जीवनलाई जोखिममा पार्ने (घाइते) अस्पतालमा लगिएको छ”, साल्ट लेक सिटी प्रहरी विभागले एक सामाजिक सञ्जाल पोस्टमा भनेको छ, “एक संदिग्ध व्यक्तिलाई हिरासतमा राखिएको छ ।”

प्रहरी प्रमुख ब्रायन रेडले एक पत्रकार सम्मेलनमा गोलीकाण्डसम्मका घटनाहरू ‘धेरै शान्तिपूर्ण’ भएको जोड दिँदै हिरासतमा लिइएको पहिलो व्यक्तिलाई गोली लागेको र अस्पताल लगिएको बताउनुभयो ।

घटनामा संलग्न अन्य दुई जनालाई हिरासतमा लिइएको पनि उहाँले बताउनुभयो ।

“यस समयमा, त्यहाँ… जनताका लागि कुनै खतरा जारी छैन”, रेडले भन्नुभयो । गोलीकाण्ड राजनीतिक रूपमा प्रेरित थियो कि भनी भन्न प्रहरीको अनुसन्धानमा अझै चाँडो भएको उहाँले बताउनुभयो ।

“हिंसाको यो कार्यले गहिरो रातो रिपब्लिकन राज्य युटाहमा रहेको डेमोक्रेटिक गढ साल्ट लेक सिटीलाई परिभाषित गर्दैन”, सहरका मेयर एरिन मेन्डनहलले भन्नुभयो, “आजको प्रदर्शनको उद्देश्य यो घटना नभएसम्म एक शक्तिशाली र शान्तिपूर्ण अभिव्यक्ति थियो र यसलाई हानि पुर्‍याउने उद्देश्यले एकल कार्यले छाड्न वा चुप लगाउन सकिँदैन ।”

“हामी एउटा राष्ट्र हौँ जसलाई हाम्रो पहिलो संशोधन अधिकार चाहिन्छ, हामी शान्तिले विरोध गर्न योग्य छौँ र आज जे भयो म आशा गर्दछु कि जनताको आवाजलाई चुप लगाउने छैन जो आफ्नो आवाज सुन्न योग्य छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने