2026-10-07 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

औषधि नीति सुझाव समितिको प्रतिवेदनप्रति फार्मेसी सङ्घको समर्थन

काठमाडौँ । नेपाल फार्मेसी सङ्घले औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई आवश्यक र समयानुकूल पहलका रूपमा स्वागत गरेको छ।

आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा सङ्घले उक्त प्रतिवेदनप्रति समर्थन जनाउँदै सर्वसुलभ, गुणस्तरीय र सुरक्षित औषधिको सुनिश्चितता आफूहरूको प्राथमिकता रहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “सङ्घले बिरामी उपभोक्ता, स्वास्थ्यकर्मी, औषधि व्यवसाय र औषधिको गुणस्तरसँग सम्बन्धित सबै पक्षलाई बराबरी महत्त्व दिंदै आएको छ।”

फार्मेसी सङ्घका अध्यक्ष युवराज भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा औषधिको मूल्य निर्धारण र आपूर्तिमा वैज्ञानिक सोच, तथ्यमा आधारित विश्लेषण र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उल्लेख छ। नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको अनुभव र योगदानलाई पनि सकारात्मक रूपमा लिनुपर्ने सुझाव दिइएको छ।

सङ्घले औषधिमा खर्च हुने कुल स्वास्थ्य खर्चको झन्डै ६५ प्रतिशत हिस्सा नागरिकले बेहोर्नुपर्ने अवस्थालाई उल्लेख गर्दै औषधिको पहुँच सुनिश्चित पारदर्शी र सर्वसुलभ ढंगले गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो