३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी

१ असार २०८२, आईतवार १८:२३

युक्रेनले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको वार्तामा भएको आदानप्रदान सम्झौताअन्तर्गत रुसबाट थप एक हजार २०० शव हस्तान्तरण भएको जनाएको छ ।

युद्धबन्दीको सहयोगका लागि गठित युक्रेनी सङ्गठनको मुख्यालयले सामाजिक सञ्जालमा लेखेको छ, “रुसी पक्षले युक्रेनी नागरिक र सैनिकसहितको गरी थप एक हजार २०० शव युक्रेनमा फिर्ता गरिएको छ ।”

युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले फेसबुकमा लेख्नुभएको छ, “यो साता चार हजार ८१२ शव फिर्ता गरिएको छ ।”

उहाँले भन्नुभयो, “म यस मानवीय मिसनमा संलग्न सबैप्रति आभारी छु ।”

युक्रेनले कुनै पनि शव रुसी पक्षलाई हस्तान्तरण गरेको छ वा छैन भन्ने बारे केही बताएको छैन ।

गत जुन २ मा इस्तानबुलमा भएको पछिल्लो चरणको प्रत्यक्ष वार्तामा दुवै पक्षले कैदी र मारिएका सैनिकको शवको व्यापक आदानप्रदान गर्ने सहमति जनाएका थिए ।

रुस र युक्रेन दुवैले सामान्यतया आफ्नो सैन्य क्षतिको खुलासा गर्दैनन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै वर्षको सुरुमा अमेरिकी समाचार संस्था एनबीसीलाई ४६ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको र तीन लाख ८० हजार भन्दा बढी घाइते भएको बताउनुभएको थियो ।

रुसले सन् २०२२ को सेप्टेम्बरसम्म छ भन्दा कम सैनिक मारिएको बताएको थियो । त्यसपछि उसले आफ्ना सैनिक मारिएको घोषणा गरेको छैन ।

स्थानीय अधिकारीहरू र परिवारका सदस्यहरूद्वारा मृत्यु घोषणाहरूको प्रकाशन जस्ता खुला स्रोतहरू प्रयोग गरेर धेरै स्वतन्त्र अनुसन्धानहरूले मस्कोतर्फ पनि ठूलो सङ्ख्यामा मृत्यु भएको रिपोर्ट गरेका छन् ।

रुसी वेबसाइट मिडियाजोना र बिबिसीको रुसी सेवाले मारिएका करिब एक लाख ११ हजार रुसी सैनिकको नाम पहिचान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’