२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी

२०८२, १ असार आईतवार १८:२३

युक्रेनले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको वार्तामा भएको आदानप्रदान सम्झौताअन्तर्गत रुसबाट थप एक हजार २०० शव हस्तान्तरण भएको जनाएको छ ।

युद्धबन्दीको सहयोगका लागि गठित युक्रेनी सङ्गठनको मुख्यालयले सामाजिक सञ्जालमा लेखेको छ, “रुसी पक्षले युक्रेनी नागरिक र सैनिकसहितको गरी थप एक हजार २०० शव युक्रेनमा फिर्ता गरिएको छ ।”

युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले फेसबुकमा लेख्नुभएको छ, “यो साता चार हजार ८१२ शव फिर्ता गरिएको छ ।”

उहाँले भन्नुभयो, “म यस मानवीय मिसनमा संलग्न सबैप्रति आभारी छु ।”

युक्रेनले कुनै पनि शव रुसी पक्षलाई हस्तान्तरण गरेको छ वा छैन भन्ने बारे केही बताएको छैन ।

गत जुन २ मा इस्तानबुलमा भएको पछिल्लो चरणको प्रत्यक्ष वार्तामा दुवै पक्षले कैदी र मारिएका सैनिकको शवको व्यापक आदानप्रदान गर्ने सहमति जनाएका थिए ।

रुस र युक्रेन दुवैले सामान्यतया आफ्नो सैन्य क्षतिको खुलासा गर्दैनन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै वर्षको सुरुमा अमेरिकी समाचार संस्था एनबीसीलाई ४६ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको र तीन लाख ८० हजार भन्दा बढी घाइते भएको बताउनुभएको थियो ।

रुसले सन् २०२२ को सेप्टेम्बरसम्म छ भन्दा कम सैनिक मारिएको बताएको थियो । त्यसपछि उसले आफ्ना सैनिक मारिएको घोषणा गरेको छैन ।

स्थानीय अधिकारीहरू र परिवारका सदस्यहरूद्वारा मृत्यु घोषणाहरूको प्रकाशन जस्ता खुला स्रोतहरू प्रयोग गरेर धेरै स्वतन्त्र अनुसन्धानहरूले मस्कोतर्फ पनि ठूलो सङ्ख्यामा मृत्यु भएको रिपोर्ट गरेका छन् ।

रुसी वेबसाइट मिडियाजोना र बिबिसीको रुसी सेवाले मारिएका करिब एक लाख ११ हजार रुसी सैनिकको नाम पहिचान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी