2026-09-26 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन् । यद्यपि अधिकांश परिवारहरू अझै पनि डिएनए परीक्षणको नतिजाका लागि सोमबार प्रतीक्षा गरिरहेका छन् ।

पश्चिमी सहर अहमदाबादमा एयर इन्डियाको जेट दुर्घटना हुँदा मारिएका दुई सय ७९ जना मध्ये केहीको अन्त्येष्टि गरिएको छ भने अरूले पीडादायी प्रतीक्षाको सामना गरिरहेका छन् ।

“उनीहरूले ४८ घण्टा लाग्छ भनेका थिए । तर चार दिन भइसक्यो र हामीले कुनै जवाफ पाएका छैनौँ”, २२ वर्षीय रिनल क्रिश्चियनले भन्नुभयो । उहाँका दाजु जेटलाइनरमा यात्रु थिए ।

बिहीबार लन्डन जाने विमान अहमदाबादको आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार दुई सय ४२ यात्रु र चालक दलमध्ये एक जना मात्र बाँचेका थिए भने जमिनमा पनि कम्तीमा ३८ जनाको मृत्यु भएको थियो ।

“मेरो दाजु परिवारको एकमात्र कमाउने व्यक्ति थिए”, क्रिश्चियनले आइतबार भन्नुभयो, “अब के हुन्छ ?”

सहरको एक दाहसंस्कारमा करिब २० देखि ३० जना शोकाकुलहरूले लन्डनमा काम गरिरहेकी यात्रु मेघा मेहताको अन्त्येष्टि समारोहमा प्रार्थना गरे ।

अहमदाबादको सिभिल अस्पतालका डाक्टर राजनीश पटेलका अनुसार आइतबार बेलुकासम्म ८० दुर्घटना पीडितहरूको पहिचान भएको थियो ।

“यो सावधानीपूर्वक र ढिलो प्रक्रिया हो, त्यसैले यो सावधानीपूर्वक मात्र गर्नुपर्छ”, पटेलले भन्नुभयो ।

आफ्नो नाम उल्लेख गर्न नचाहने एक पीडितका आफन्तले उनीहरूलाई कफिन प्राप्त गर्दा खोल्न नदिने निर्देशन दिइएको बताए ।

प्रत्यक्षदर्शीहरूले नराम्ररी जलेका शव र छरिएका अवशेषहरू देखेको बताएका छन् ।

कामदारहरूले आइतबार घटनास्थलबाट भग्नावेशष सफा गर्ने काम जारी राखेका थिए भने प्रहरीले क्षेत्रको निरीक्षण गरेको थियो ।

बोइङ ७८७–८ ड्रिमलाइनर विमान उडान भरेको केही समयपछि मेडिकल स्टाफले प्रयोग गरेको भवनमा ठोक्किएको थियो ।

विमानमा एक सय ६९ जना भारतीय, ५३ जना ब्रिटिस, सात जना पोर्चुगिज र एक जना क्यानाडाली तथा १२ जना चालक दलका सदस्य रहेको एयर इन्डियाले जनाएको छ ।

– हामीले जान्नुपर्छ –

भारतीय अधिकारीहरूले अझै पनि विपत्तिको कारण पहिचान गर्न सकेका छैनन् र एयर इन्डियाका ड्रिमलाइनरहरूको निरीक्षणको आदेश दिएका छन् ।

अधिकारीहरूले आइतबार दोस्रो ब्ल्याक बक्स, ककपिट भ्वाइस रेकर्डर, फेला परेको घोषणा गरेका छन् । यसले खोजकर्ताहरूलाई के गलत भयो भन्ने बारे थप सङ्केत दिन सक्छ ।

उड्डयनमन्त्री राम मोहन नायडु किन्जारापुले शनिबार पहिलो ब्ल्याक बक्स, फ्लाइट डाटा रेकर्डरको डिकोडिङले दुर्घटनाको परिस्थितिमा ‘गहिरो अन्तर्दृष्टि दिने’ आशा गरेको बताउनुभयो ।

भग्नावशेषबाट एक व्यक्ति बेलायती नागरिक विश्वास कुमार रमेश जीवित निस्केका थिए । उनका भाइ पनि उडानमा थिए ।

आफ्नो भाइलाई फेला पार्न डिएनए मिलानको पर्खाइमा रहेका इम्तियाज अलीले एयरलाइन्सले परिवारलाई छिटो सहयोग गर्नुपर्ने बताउनुभयो ।

“म उनीहरूसँग निराश छु । यो उनीहरूको कर्तव्य हो”, शनिबार एयरलाइनले सम्पर्क गरेका अलीले भन्नुभयो, “अर्को चरण यो दुर्घटनाको कारण पत्ता लगाउनु हो । हामीले जान्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति