2026-10-06 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीनकुने घटना : ८० औं दिनमा अस्पतालबाट डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा

काठमाडौँ । चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। सोमबार साँझ त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले उनलाई डिस्चार्ज गरेको छ ।

कोटेश्वरस्थित भाटभटेनी नजिकैको सडकमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेकी रेबिका सोही दिन बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। सिभिल अस्पतालले उनलाई जेठ ११ गते टिचिङमा रिफर गरेको थियो।

रेबिका खत्री तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। टिचिङ अस्पतालबाट डिस्चार्ज भए पनि हाल उनी हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् र चिकित्सकीय सिफारिसअनुसार पूर्ण बेड रेस्टमा रहनुपरेको जनाएको छ।

उनकी दिदी अनिताका अनुसार अस्पतालको औपचारिक बिल सरकारले तिरेको भए पनि उपचारसँग सम्बन्धित अन्य खर्च करिब ९ लाख रुपैयाँ जति अझै भुक्तान हुन बाँकी छ।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, आन्दोलनको क्रममा भाटभटेनी आसपास लुटपाटको प्रयास भइरहेको थियो र प्रदर्शनकारीले सवारीसाधनमा आगजनी गर्न थालेपछि नियन्त्रणका लागि चलाइएको गोली रेबिका र उनका दाइ दिनेश खत्रीलाई लागेको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो