2026-09-26 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पमाथि इरान–इजरायल द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ चीनको आरोप

चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ आरोप लगाएको छ । ट्रम्पले तेहरानका बासिन्दाहरूलाई ‘तुरुन्त खाली गर्न’ गर्न चेतावनी दिनुभएपछि चीनले त्यस्तो आरोप लगाएको हो ।

दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले गत हप्ता इरानभरका लक्ष्यहरू विरुद्ध आश्चर्यजनक हवाई अभियान सुरु गर्‍यो । आक्रमणको उद्देश्य आफ्नो शत्रु इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न बताइएको छ । इरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ ।

शत्रुताको अचानक भड्काउले व्यापक द्वन्द्वको डर फैलाएको छ । ट्रम्पले इजरायलको आक्रमणले चलिरहेको आणविक वार्तालाई लिकबाट उतारेपछि इरानलाई वार्ताको टेबलमा फर्कन आग्रह गर्नुभएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक असाधारण चेतावनी पनि जारी गर्नुभयो, “सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !”

“आगो जलाउने, घिउ खन्याउने, धम्की दिने र दबाब बढाउनेले स्थितिको शान्तिकरणलाई बढावा दिन मद्दत गर्दैन, यसले द्वन्द्वलाई मात्र तीव्र र फराकिलो पार्छ”, ट्रम्पको टिप्पणीका बारेमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “चिनियाँ पक्षले सबै सम्बन्धित पक्षहरू, विशेष गरी इजरायलमाथि विशेष प्रभाव भएका देशहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न, तनाव कम गर्न तत्काल उपायहरू लिन र द्वन्द्वलाई विस्तार र फैलिनबाट रोक्न आह्वान गर्छ ।”

इजरायल र इरानले भारी आक्रमण गरेपछि इजरायलमा रहेको चिनियाँ दूतावासले मङ्गलबार पनि आफ्ना नागरिकहरूलाई ‘सकेसम्म चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

“इजरायलमा रहेको चिनियाँ मिसनले चिनियाँ नागरिकहरूलाई उनीहरूको व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्नसक्ने पूर्व शर्तमा भूमि सीमा पार गरेर सकेसम्म चाँडो देश छोड्न सम्झाउँछ”, दूतावासले विच्याटमा एक विज्ञप्तिमा भन्यो, “जोर्डनको दिशामा प्रस्थान गर्न सिफारिस गरिन्छ ।”

दूतावासले द्वन्द्व ‘निरन्तर बढ्दै गएको’ चेतावनी दिएको छ । “धेरै नागरिक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्, नागरिक हताहतको सङ्ख्या बढिरहेको छ र सुरक्षा अवस्था अझ गम्भीर हुँदै गइरहेको छ”, दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति