2026-09-26 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ज्वालामुखी विस्फोटपछि बालीका दर्जनौँ उडान रद्द र ढिलाइ

काठमाडौँ । इन्डोनेसियाको सक्रिय ज्वालामुखी लेवोतोबी लाकी–लाकी हिमालमा विस्फोट भएपछि बाली आउने–जाने धेरै उडानहरू रद्द हुनुका साथै केही ढिलाइ भएका छन्।

फ्लोरेस टापुस्थित उक्त ज्वालामुखीमा मंगलबार स्थानीय समयअनुसार साँझ ५:३५ बजे विस्फोट हुँदा ११ किलोमिटरसम्म आकाशमा खरानीको मुस्लो देखिएको इन्डोनेसियाली ज्वालामुखी एजेन्सीले जनाएको छ।

हालसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको भए पनि सतर्कता स्तरलाई उच्चतम तहमा पुर्‍याइएको छ।

सुरक्षालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई ज्वालामुखी क्षेत्रको ७ किलोमिटरभित्र कुनै गतिविधि नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। स्वास्थ्य सुरक्षाका लागि मास्क प्रयोग गर्न समेत अनुरोध गरिएको छ।

विस्फोटका कारण बालीतर्फ र बालीबाट सञ्चालन हुने एयर इन्डिया, एयर न्यूजिल्यान्ड, जेटस्टार, जुनेयाओ एयरलाइन्स, सिंगापुर एयरलाइन्स र भर्जिन अस्ट्रेलिया लगायतका विमान सेवाहरूको उडान रद्द भएको छ।

आई गुस्ती नगुराह राय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट डेटाका अनुसार २० भन्दा बढी उडानहरू रद्द भएका छन्। साथै फ्लोरेसका लागि एयर एसियाका थुप्रै घरेलु उडान पनि प्रभावित भएका छन्।

यस्तो विस्फोट यसअघि पनि भएको थियो। गएको नोभेम्बरमा लेवोतोबी लाकी–लाकीमा बारम्बार ज्वालामुखी विस्फोट हुँदा नौ जनाको ज्यान गएको थियो भने हजारौँ मानिसहरू विस्थापित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि