2026-09-26 05:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानको सरकारी बैंकमा साइबर हमला, इजरायली ह्याकर समूहको संलग्नता हुन सक्ने आशंका

काठमाडौँ । इरान सरकारको स्वामित्वमा रहेको बैंक सेपाहको प्रणालीमा साइबर हमला भएको छ। ‘गोनजेश्के दारान्दे’ नामक ह्याकर समूहले सामाजिक सञ्जालमार्फत हमलाको जिम्मा लिँदै बैंकको डेटा नष्ट गरिएको दाबी गरेको छ। समूहले उक्त बैंकले इरानी सेनालाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै त्यसकै प्रतिक्रिया स्वरूप साइबर आक्रमण गरिएको जनाएको छ।

यो घटना इरान र इजरायलबीच पछिल्ला दिनमा बढ्दै गइरहेको तनावको दौरान घटेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, आक्रमणपछि बैंक सेपाहको वेबसाइट मंगलबारदेखि अफलाइन छ। बैंकको बेलायतस्थित सहायक संस्था ‘बैंक सेपाह इन्टरनेशनल पीएलसी’ले भने यसबारे कुनै टिप्पणी गरेको छैन। इजरायली मिडियाहरूका अनुसार बैंकका ग्राहकहरूले हाल आफ्ना खातामा पहुँच पाउन नसकेको जनाइएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का पूर्व साइबर सुरक्षा प्रमुख रोब जोयसले इरानी बैंकको कोषमा पहुँच अवरुद्ध हुनु वा बैंकप्रति जनविश्वास गुम्नु देशको अर्थतन्त्रका लागि गम्भीर चुनौती हुनसक्ने चेतावनी दिएका छन्।

यसघि सन् २०२२ मा पनि यही ह्याकर समूहले इरानको स्टिल उत्पादन कारखानामा साइबर हमला गरेको थियो, जसका कारण ठूलो आगलागी समेत भएको थियो। यस्ता हमलाहरू प्राविधिक रूपमा जटिल र व्यापक क्षमताको माग गर्ने भएकाले यिनलाई राष्ट्र-समर्थित साइबर आक्रमण मानिएको छ।

सुरक्षा विशेषज्ञहरूका अनुसार सन् २०२१ मा इरानभरका पेट्रोल पम्पहरूमा सेवा अवरुद्ध हुने गरी भएको साइबर हमलामा पनि यही समूह संलग्न रहेको आशंका गरिएको थियो। यद्यपि, इजरायलले हालसम्म यो समूहसँग आफ्नो सम्बन्धको औपचारिक पुष्टि गरेको छैन। तर, इजरायली सञ्चार माध्यमहरूले ‘गोनजेश्के दारान्दे’लाई इजरायल सरकारद्वारा समर्थन प्राप्त समूहका रूपमा उल्लेख गर्ने गरेका छन्।

साइबर सुरक्षा क्षेत्रका जानकारहरूका अनुसार यस प्रकारका हमलाले केवल प्रविधि प्रणाली मात्र होइन, समग्र राष्ट्रिय स्थायित्वमा समेत गम्भीर असर पार्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि