३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाढीबाट जोगाउन तटबन्ध निर्माण

४ असार २०८२, बुधबार १५:१७
काठमाडौँ । स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ ।
नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माण गरिएपछि एक सय ७५ बढी परिवारको बाढीबाट सुरक्षा भएको वडा अध्यक्ष चक्र बहादुर खड्काले बताउनुभयो ।
“स्याली नदीको बाढीले गर्जमुनी, खजुवा, बुढीनाला क्षेत्रमा बसोवास गर्ने बासिन्दाको जग्गा कटानी गरी क्षति पु¥याउँदै आएको थियो”, उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारको रु एक करोड चार लाख बजेटमा भूक्षय हँुदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेका छौँ ।”
तटबन्ध निर्माण भएपछि अब जग्गा नदीको बाढीले कटानी गरी बगाउने चिन्ता हटेको स्थानिय रमेश विकले बताउनुभयो ।  “वर्सेनि नदीको बाढीले जग्गा कटानी गर्दा तटीय क्षेत्रका बासिन्दाले निकै समस्यामा थिए”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माणले जग्गा मात्रै जोगिएको छैन, नदीकै कारण विस्थापनमा पर्ने सम्भावना टरेको छ ।”
थोरै रकमले तटबन्ध निर्माण हुन सक्ने अवस्था नभएपछि सङ्घीय र प्रदेश सरकारका सांसदले यस क्षेत्रको अनुगमन गरेपछि बजेटको व्यवस्था मिलाइ दिएको वडा सदस्य जयराज पाण्डेय बताउनुहुन्छ ।
वडाध्यक्ष खड्काका अनुसार तटबन्ध निर्माणको कार्यसँगै बैजनाथ आधारभूत विद्यालय राजपुर खजुवामा रु ५० लाखको लागतमा दुई सय मिटर लम्बाइको पर्खाल निर्माण, वडा कार्यालयमा रु ३५ लाखको लागतमा सामुदायिक भवन निर्माण, शिवशक्ति माध्यमिक विद्यालयमा रु २० लाखको लागतमा पर्खाल निर्माण र गर्जमुनिमा रु ३५ लाखको लागतमा भगवतीको मन्दिरसँगै गेट निर्माणको कार्य गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’