2026-09-13 01:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाढीबाट जोगाउन तटबन्ध निर्माण

काठमाडौँ । स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ ।
नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माण गरिएपछि एक सय ७५ बढी परिवारको बाढीबाट सुरक्षा भएको वडा अध्यक्ष चक्र बहादुर खड्काले बताउनुभयो ।
“स्याली नदीको बाढीले गर्जमुनी, खजुवा, बुढीनाला क्षेत्रमा बसोवास गर्ने बासिन्दाको जग्गा कटानी गरी क्षति पु¥याउँदै आएको थियो”, उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारको रु एक करोड चार लाख बजेटमा भूक्षय हँुदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेका छौँ ।”
तटबन्ध निर्माण भएपछि अब जग्गा नदीको बाढीले कटानी गरी बगाउने चिन्ता हटेको स्थानिय रमेश विकले बताउनुभयो ।  “वर्सेनि नदीको बाढीले जग्गा कटानी गर्दा तटीय क्षेत्रका बासिन्दाले निकै समस्यामा थिए”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माणले जग्गा मात्रै जोगिएको छैन, नदीकै कारण विस्थापनमा पर्ने सम्भावना टरेको छ ।”
थोरै रकमले तटबन्ध निर्माण हुन सक्ने अवस्था नभएपछि सङ्घीय र प्रदेश सरकारका सांसदले यस क्षेत्रको अनुगमन गरेपछि बजेटको व्यवस्था मिलाइ दिएको वडा सदस्य जयराज पाण्डेय बताउनुहुन्छ ।
वडाध्यक्ष खड्काका अनुसार तटबन्ध निर्माणको कार्यसँगै बैजनाथ आधारभूत विद्यालय राजपुर खजुवामा रु ५० लाखको लागतमा दुई सय मिटर लम्बाइको पर्खाल निर्माण, वडा कार्यालयमा रु ३५ लाखको लागतमा सामुदायिक भवन निर्माण, शिवशक्ति माध्यमिक विद्यालयमा रु २० लाखको लागतमा पर्खाल निर्माण र गर्जमुनिमा रु ३५ लाखको लागतमा भगवतीको मन्दिरसँगै गेट निर्माणको कार्य गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले