2026-09-26 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा गाजामा खाना खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोली हानेको घटनाको निन्दा

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा सर्वसाधारणको ज्यान गएको र घाइते भएको निन्दा गर्नुभएको छ । उहाँले खाना खोज्दा फेरि गोली हानेर मारिएकोमा जोड दिँदै यो ‘अस्वीकार्य’ भएको बताउनुभयो ।
महासचिवका लागि उप प्रवक्ता फरहान हकले महासचिवले यी सबै रिपोर्टको तत्काल र स्वतन्त्र अनुसन्धान र जवाफदेहिताका लागि आह्वान गरिरहनुभएको बताउनुभयो ।
आफ्नो दैनिक पत्रकार सम्मेलनमा हकले गाजामा प्यालेस्टिनी जनसङ्ख्याको आधारभूत आवश्यकताहरू अपार भएको तर अझै पनि पूरा नभएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आवश्यक पर्ने सबै नागरिकलाई मानवीय राहत प्रदान गर्न र सुविधा प्रदान गर्न इजरायलको स्पष्ट दायित्व रहेको उल्लेख गर्नुभयो ।
उहाँले तत्काल, व्यापक र निर्बाध मानवीय पहुँच पुनःस्थापना गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घ र सबै मानवीय अभिनेताहरूलाई सुरक्षित रूपमा र मानवीय सिद्धान्तहरूको पूर्ण सम्मानमा काम गर्न अनुमति दिन आवश्यक रहेको कुरामा समेत उहाँको जोड थियो ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले मङ्गलबार स्वास्थ्य साझेदारहरूले दक्षिणी गाजाको खान युनिसमा सहायताको प्रतीक्षामा रहेका ६० जनाबढी व्यक्ति शहीद भएको र दुई सय ८० भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि