२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

६ असार २०८२, शुक्रबार १७:५५

काठमाडौँ | डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ