२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान”

२०८२, ८ असार आईतवार १२:१०

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

इरानले फोर्डो, नातान्ज र इस्फहानस्थित आफ्ना आणविक केन्द्रहरूमाथि आक्रमण भएको पुष्टि गर्दै विस्फोटका आवाजहरू सुनिएको जानकारी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती तीनवटै स्थलमा आक्रमणको घोषणा गर्दै आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत जानकारी दिएका थिए। इजरायलले पनि यस कारबाहीमा अमेरिकी पक्षलाई सहयोग गरेको पुष्टि गरिसकेको छ।

महासचिव गुटेरेसले आफ्नो एक्स (पूर्व ट्विटर) एकाउन्टेमा लेखेका छन्, “आज अमेरिकाद्वारा इरानमा गरिएको सैन्य कारबाहीप्रति म अत्यन्त चिन्तित छु। यस प्रकारको कदमले पहिल्यै संवेदनशील अवस्थामा रहेको क्षेत्रलाई थप अस्थिर बनाउन सक्छ। यो अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि प्रत्यक्ष खतरा हो।”

उनले सम्भावित जोखिमतर्फ संकेत गर्दै भने, “यदि परिस्थिति चाँडै नियन्त्रणमा ल्याइएन भने यो द्वन्द्व फैलिने सम्भावना छ, जसको असर नागरिक, क्षेत्रीय स्थायित्व र विश्वव्यापी सुरक्षामाथि गम्भीर हुन सक्छ।”

गुटेरेसले सबै सदस्य राष्ट्रहरूलाई संयमता अपनाउन आग्रह गर्दै भनेका छन्, “संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना अत्यावश्यक छ। यस संकटको समाधान सैन्य माध्यमबाट सम्भव छैन—कूटनीतिक संवाद नै एकमात्र विकल्प हो। शान्ति नै हाम्रो सबैको साझा आशा हो।”

यसैबीच, इरानी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। कोम प्रान्तको विपद् व्यवस्थापनका प्रवक्ता मोर्तेजा हेदारीले फोर्डो आणविक केन्द्रको एक भागमा आक्रमण भएको जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन