२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान”

८ असार २०८२, आईतवार १२:१०

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

इरानले फोर्डो, नातान्ज र इस्फहानस्थित आफ्ना आणविक केन्द्रहरूमाथि आक्रमण भएको पुष्टि गर्दै विस्फोटका आवाजहरू सुनिएको जानकारी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती तीनवटै स्थलमा आक्रमणको घोषणा गर्दै आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत जानकारी दिएका थिए। इजरायलले पनि यस कारबाहीमा अमेरिकी पक्षलाई सहयोग गरेको पुष्टि गरिसकेको छ।

महासचिव गुटेरेसले आफ्नो एक्स (पूर्व ट्विटर) एकाउन्टेमा लेखेका छन्, “आज अमेरिकाद्वारा इरानमा गरिएको सैन्य कारबाहीप्रति म अत्यन्त चिन्तित छु। यस प्रकारको कदमले पहिल्यै संवेदनशील अवस्थामा रहेको क्षेत्रलाई थप अस्थिर बनाउन सक्छ। यो अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि प्रत्यक्ष खतरा हो।”

उनले सम्भावित जोखिमतर्फ संकेत गर्दै भने, “यदि परिस्थिति चाँडै नियन्त्रणमा ल्याइएन भने यो द्वन्द्व फैलिने सम्भावना छ, जसको असर नागरिक, क्षेत्रीय स्थायित्व र विश्वव्यापी सुरक्षामाथि गम्भीर हुन सक्छ।”

गुटेरेसले सबै सदस्य राष्ट्रहरूलाई संयमता अपनाउन आग्रह गर्दै भनेका छन्, “संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना अत्यावश्यक छ। यस संकटको समाधान सैन्य माध्यमबाट सम्भव छैन—कूटनीतिक संवाद नै एकमात्र विकल्प हो। शान्ति नै हाम्रो सबैको साझा आशा हो।”

यसैबीच, इरानी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। कोम प्रान्तको विपद् व्यवस्थापनका प्रवक्ता मोर्तेजा हेदारीले फोर्डो आणविक केन्द्रको एक भागमा आक्रमण भएको जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…