२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी

८ असार २०८२, आईतवार १२:५१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूको विरोधका बीच पनि सञ्चालनमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले ‘भिजिट भिसा’ प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै नाराबाजी गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेको छ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल भइरहेको छ। तीमध्ये युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयजस्ता निकाय समावेश छन्।

रास्वपाका सांसद अशिम शाहले सदनमा एक महिनादेखि निरन्तर विरोध भइरहे पनि मागमा सुनुवाइ नभएको भन्दै असन्तोष व्यक्त गरे। उनले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन नभएसम्म विरोध कायमै रहने स्पष्ट पारे।

त्यस्तै, राप्रपाका सांसद धवलशमशेर राणाले तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गरे।

सभामुख देवराज घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा अघि बढाउने घोषणा गरेपछि रास्वपाका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका छन्। बैठक सुचारु गराउन सत्तापक्षका सांसदहरूले विपक्षी सांसदहरूलाई अवरोध नगर्न आग्रह गरे पनि संसद्मा विरोध जारी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…