२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता

२०८२, ८ असार आईतवार १४:०१

काठमाडौँ । न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ।

टिबी कार्की नामक व्यक्तिले पोखरेल सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य नरहेको दाबी गर्दै उजुरी दिएका हुन्। उनका अनुसार पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी एक मुद्दामा अदालतको आदेशप्रति सार्वजनिक टिप्पणी गरेका थिए, जुन न्यायिक मर्यादासँग मेल नखाने व्यवहार हो। उजुरी समितिमा २१ नम्बरमा दर्ता भएको छ।

न्याय परिषद्को जेठ २७ गतेको बैठकले वरिष्ठ अधिवक्ता पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो।

कार्कीको दाबी अनुसार, पोखरेलले उच्च अदालत दाङ तुलसीपुर अन्तर्गतको बुटवल इजलासले लामिछानेलाई सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा त्यसको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएका थिए।

सुनुवाइ समितिले मेघराज पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको नाममा सुनुवाइ प्रक्रिया जेठ ३१ गतेदेखि सुरु गरिसकेको छ।

समितिले सार्वजनिक सूचना जारी गर्दै सिफारिस भएका व्यक्तिहरूको विषयमा गुनासो वा उजुरी भए १० दिनभित्र बुझाउन आग्रह गरेको थियो। सोही अवधिमा कार्कीले पोखरेलविरुद्ध उजुरी दर्ता गराएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ