२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह

८ असार २०८२, आईतवार १४:१३

काठमाडौँ । इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशङ्कालाई बढावा दिएको छ । आक्रमणपछि देशहरूले आइतबारदेखि कूटनीति र सावधानीका लागि आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई हप्ताभित्र यसमा संलग्न हुने वा नहुने बारे निर्णय गर्ने बताउनुभएको थियो । वासिङ्टनले इजरायलको अभियानमा आइतबार बिहानआफुलाई प्रवेश गराएको छ ।

कति क्षति भएको छ भन्ने कुरा सुरुमा नै स्पष्ट नभए पनि इरानले इजरायली आक्रमणमा अमेरिका सहभागी भएमा प्रतिकार गर्ने प्रतिबद्धता जनाएको थियो ।

कतिपयले कमजोर इरानले आत्मसमर्पण गर्ने वा विद्रोही रहने र खाडी क्षेत्रमा छरिएर रहेका अमेरिकी लक्ष्यमा आक्रमण गर्न थाल्ने हो कि भन्ने प्रश्न उठाएका छन् ।

आक्रमणपछि इरानको छिमेकी राष्ट्र, यूरोप र एशियाली मुलुकका नेता तथा सरकारका प्रतिनिधि र अधिकारीहरूको प्रतिक्रिया आएको छ ।

संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले आक्रमणका कारण खाडी क्षेत्र र विश्वका लागि विनाशकारी परिणाम आउन सक्ने जनाउँदै समस्याको सैन्य समाधान नभई कूटनीतिक बाटो अपनाउन सम्बन्धित देशहरूसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा आफू गम्भीर रुपमा चिन्तित भएको बताउनुभएको छ ।

“यो द्वन्द्व द्रुत गतिमा नियन्त्रणबाहिर जान सक्ने खतरा बढ्दै गएको छ, यसले नागरिक, खाडी क्षेत्र र विश्वका लागि विनाशकारी परिणाम ल्याउनेछ,” उहाँले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उहाँले भन्नुभयो, “सैन्य आक्रमण समस्याको सही समाधान होइन । अबको एक मात्र बाटो कूटनीति हो ।”

लेबनान

लेबनानका प्रधानमन्त्री नवाफ सलामले द्वन्द्वबाट सम्भावित क्षेत्रीय प्रभावबाट टाढै रहनुपर्ने बताउनुभएको छ ।

“लेबनान कुनै न कुनै तरिकाले चलिरहेको क्षेत्रीय टकरावमा तानिएको छ । हाम्रो लागि सर्वोच्च राष्ट्रिय हितलाई कडाईका साथ पालना गर्नु र युद्धको प्रभावबाट देशलाई जोगाउनु आवश्यक छ ।” सलामले एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।

न्यूजिल्याण्ड

न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले सबै पक्षलाई वार्तामा फर्कन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पको कदमलाई न्युजिल्याण्डले समर्थन गरेको छ कि छैन भन्नेबारे उहाँले आइतबार पत्रकारहरूलाई बताउनुभएन ।

तीन पटक विदेशमन्त्री बनेका उहाँले यो सङ्कट ‘उहाँलेसामना गरेको अहिलेसम्मकै सबैभन्दा गम्भीर सङ्कट’ भएको र यो ’गम्भीर अवस्था भएको’ बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “कूटनीतिले थप सैन्य कारबाहीभन्दा पनि स्थायी समाधान दिनेछ ।”

हमास र हुथी विद्रोही

यमन र हमासका हुथी विद्रोही दुवैले अमेरिकी आक्रमणको निन्दा गरेका छन् । हुथी विद्रोहीले ’यहूदी र अमेरिकी आक्रमण’ विरुद्धको लडाइँमा इरानलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

हुथी पोलिटिकल ब्युरोले आइतबार एक विज्ञप्ति जारी गर्दै मुस्लिम राष्ट्रहरूलाई ‘जिहाद र प्रतिरोधको विकल्पलाई यहूदी–अमेरिकी अहंकारविरुद्ध एक मोर्चाको रूपमा’ सामेल हुन आह्वान गरेको छ।

हमास र हुथीहरू इरानको तथाकथित ‘प्रतिकार’ को हिस्सा हुन्, यमनदेखि लेबनानसम्म फैलिएको इरान समर्थक सशस्त्र समूहहरूको समूहहरूले वर्षौंसम्म इरानलाई यस क्षेत्रमा पर्याप्त शक्ति प्रदान गर्दै आएका छन् ।

चीन

चीनको राज्य सञ्चालित सञ्चार माध्यम सीजीटीएनले अमेरिकाले ’इरानमा कतै उसले इराकमा गरेको गल्ती दोहो¥याइरहेको त होइन’ भनी अमेरिकाको आक्रमणले ट्रम्प स्वयंलाई अफ्ठ्यारोमा पार्नसक्ने सङ्केत गरेको छ ।

सरकारी प्रसारकको विदेशी भाषाको शाखा सीजीटीएनको अनलाइन लेखमा भनिएको छ, “अमेरिकी आक्रमणले खतरनाक मोडलाई सङ्केत गरेको छ ।”

सन् २००३ मा इराकमा अमेरिकी आक्रमणलाई उद्धृत गर्दै लेखमा भनिएको छ, “इतिहासले बारम्बार देखाइसकेको छ कि मध्यपूर्वमा सैन्य हस्तक्षेपले प्रायः अनपेक्षित परिणामहरू उत्पन्न गर्दछ, जसमा लामो द्वन्द्व र क्षेत्रीय अस्थिरता समावेश छ।”

सैन्य मुठभेडभन्दा वार्तालाई प्राथमिकता दिने कूटनीतिक दृष्टिकोणले मध्यपूर्वमा स्थायित्वका लागि सबैभन्दा राम्रो आशा प्रदान गर्नेछ ।

दक्षिण कोरिया

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले अमेरिकी आक्रमणको सम्भावित सुरक्षा र आर्थिक असरबारे छलफल गर्न आइतबार आपतकालीन बैठक आयोजना गरेको थियो ।

राष्ट्रिय सुरक्षा निर्देशक वि सुङ–ल्याकले दक्षिण कोरियामा कुनै पनि नकारात्मक प्रभावलाई कम गर्न अधिकारीहरूलाई नजिकबाट समन्वय गर्न आग्रह गर्दै दक्षिण कोरियाली जनताको सुरक्षा सुनिश्चित गर्नु र उनीहरूको स्थिर दैनिक जीवनको निरन्तरतालाई उच्च प्राथमिकता दिनु रहेकोमा जोड दिनुभएको छ ।

जापान

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी आक्रमणको प्रभावबारे छलफल गर्न आइतबार अपरान्ह प्रमुख मन्त्रीहरुसँग बैठक गर्ने अपेक्षा गरिएको जापानको एनएचके टेलिभिजनले जनाएको छ ।

जापानको सबैभन्दा धेरै पढिनेमध्येको पत्रिका योमिउरीले टोकियोमा भएको आक्रमणबारे विशेष सम्पादकीय लेख्दै संयमता अपनाउन आग्रह गरेको छ ।

अस्ट्रेलिया

शुक्रबार तेहरानस्थित आफ्नो दूतावास बन्द गरेको अस्ट्रेलियाले द्वन्द्वको कूटनीतिक अन्त्यका लागि दबाब दिएको छ ।

“इरानको आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा भएको कुरामा हामी स्पष्ट छौं”, एक सरकारी अधिकारीले लिखित वक्तव्यमा भन्नुभएको छ, “अब शान्तिको समय हो भन्ने अमेरिकी राष्ट्रपतिको भनाइलाई हामी ध्यान दिन्छौं।”

“यस क्षेत्रको सुरक्षा स्थिति अत्यन्त अस्थिर छ। हामी तनाव कम गर्न, संवाद र कूटनीतिका लागि निरन्तर आह्वान गर्दछौं।

इजरायल

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका तीन वटा आणविक केन्द्रमा अमेरिकाले गरेको ‘सटीक आक्रमण’ का लागि बधाई दिनुभएको छ ।

नेतन्याहूले एक भिडियो सन्देशमा भन्नुभएको छ, “बधाई छ राष्ट्रपति ट्रम्प! संयुक्त राज्य अमेरिकाको भयानक र धार्मिक शक्तिको साथ इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने तपाईंको साहसिक निर्णयले इतिहास परिवर्तन गर्नेछ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान