२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा

८ असार २०८२, आईतवार १६:२१

काठमाडौँ । टोकियो महानगरीय सभा (मेट्रोपोलिटन एसेम्बली)का लागि आइतबारदेखि मतदान सुरु भएको छ, जुन सर्वेक्षणलाई केन्द्र सरकारप्रति जनभावनाको प्रमुख ब्यारोमिटररूपमा हेरिएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्र्याटिक पार्टीले महँगी र चामलको उच्च मूल्यका कारण लोकप्रियता गुमाएको छ तर पनि यसले महानगरको विधायिकामा सबैभन्दा ठूलो दलको रूपमा आफ्नो स्थान कायम राख्ने आशा गरेको छ।

“हामी हाम्रा सबै उम्मेदवारको पक्षमा मतपरिणाम ल्याउनका लागि सबै काम गर्नेछौँ।,“ इशिबाले यसै महिनाको सुरुमा चुनावी अभियान सुरु हुँदा पत्रकार सम्मेलनमा भन्नुभएको थियो । टोकियोका करिब एक करोड ४० लाख बासिन्दालाई प्रभावित पार्ने स्थानीय मुद्दाहरू समाधान गर्न आफ्नो पार्टीको विकल्प नरहेको दाबी गर्नुभयो ।

टोकियोले जुलाई २० मा हुन लागेको टोकियो विधानसभा (जापानको व्यवस्थापिकाको माथिल्लो सदन) को निर्वाचनलाई नजिकबाट नियालिरहेको छ किनकि माथिल्लो सदनको निर्वाचन जुलाई २० मा हुनसक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गत अक्टोबरमा तल्लो सदनको चुनावमा बहुमत गुमाइसकेका इशिबा आफ्नो गठबन्धनको बहुमत कायम राख्न प्रयासरत हुनुहुन्छ ।

स्थानीय सञ्चार माध्यमले चुनावी पराजयले पार्टी नेतृत्व परिवर्तन हुनसक्ने अनुमान गरेका छन् ।

गत अक्टोबरमा पदभार ग्रहण गरेका इशिबालाई महिनौंदेखि जनताको समर्थन निकै न्यून रहेको छ । उहाँको कार्यकालमा चामल र अन्य सामानमा महँगी बढेको छ।

यस महिना गरिएको सर्वेक्षणले धानको मूल्यको समस्या समाधान गर्न नयाँ नीतिहरूको कारण समर्थनमा केही वृद्धि भएको देखाएको छ ।

मतदान केन्द्र स्थानीय समयानुसार राति ८ बजे बन्द हुनेछन् ।

आइतबारको चुनावमा रेकर्ड २९५ उम्मेदवारहरूले भाग लिएका छन् ।

विश्व आर्थिक मञ्चका ‘ग्लोबल जेन्डर ग्याप इन्डेक्स’मा यस वर्ष १४८ देशमध्ये ११८ औँ स्थानमा रहेको जापानमा सन् १९९७ पछि सबैभन्दा बढी ९९ महिला उम्मेदवारहरू सहित (अहिलेसम्मको सबैभन्दा बढी) हुन लागेको मतदानलाई अधिकारीहरूले जापानको चुनावको ‘रमणीय प्रवृत्ति’ को रूपमा प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु